Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

निषेधाज्ञा उलंघन गर्दै पकहा मैनपुरको गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगंज। पर्साको पकाहामैनपुर गाउँ पालिकाका अध्यक्ष विजय कुमार चौरसियाले फेरी निषेधाज्ञाको उल्लंघन गरेका छन् ।
कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि अहिले पर्सा जिल्लाभरी असार ६ गतेसम्म निषेधाज्ञा कायम छ ।

निषेधाज्ञाको समयमा भेला, सभा तथा कुनैपनि कार्यक्रम गर्न रोक लगाइएको छ । तर, पकाहामैनपुर गाउँपालिकाले भने दोश्रो पटक निषेधाज्ञाको उल्लंघन गरेको छ । यसअघि पनि गाउँपालिकाले निषेधाज्ञाकै समयमा छैठौ गाउँसभाको आयोजना गरेको थियो ।
निषेधाज्ञाको उल्लंघन गरेर गाउँसभा गरेको भन्दै अध्यक्ष विजय कुमार चौरसियाको व्यापक आलोचना भएको छ । उनले कोरोना संक्रमण नियन्त्रणका लागि खर्च अनुमोदन गर्नका लागि गरेको सभामा स्वास्थ्य मापदण्डको समेत पाल्ना नगरेको पाईएको छ ।

सम्पन्न सभाको सार्वजनिक तस्बीरहरुमा केहीले बिना मास्कको सहभागि भएको देखिन्छ । निषेधज्ञाको समयमा सामाजिक कार्य विवाह, मृत्यु संस्कार लगायतका काममा मात्रै १५ जना भन्दा बढी संख्यामा उपस्थिति हुन नपाउने डीसीसीएमसीको निर्णय रहेको छ । त्यसको लागि पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यावस्था गरेको छ । तर, पकाहामैनपुर गाउँपालिकाकाले गरेको गाउँ सभाको भने प्रमुख जिल्ला अधिकारीलाई नै जानकारी छैन । यसअघिको गाउँसभाको बारेमा पनि जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र पर्साका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी नपाएको बताए् ।

गाउँपालिकाले फेरी दोश्रो पटक सातौ गाउँसभाको आयोजना गरेको छ । यो पटक पनि जानकारी नभएको बताए । उनले निषेधाज्ञालाई खुकुलो बनाएर १२ बजेसम्म पसलहरु मात्रै खोल्न दिने र मोटरसाईकललाई पनि आवश्यक काममा जानेलाई नरोक्ने भनेर सहजीकरण गरेको तर, भेला, सभा, सम्मेलनको लागि भने कुनै छुट नगरेको बताए ।

उनले गाउँसभाको विषयमा आफुले बुझेर बताउने प्रतिक्रिया दिए । लामो समयसम्म निषेधज्ञा गर्दा गरिब विपन्नहरुलाई भने छाक टार्न समेत समस्या भईरहेको अवस्थामा नीति निर्माण तहमा बस्ने र कानून कार्यान्वयन गराउने तहमा बसेकाहरुले नै निषेधाज्ञको उल्लंघन गरेपछि नेपालको कानून सानालाई ऐन ठूलालाई चैन भने जस्तै भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...