Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

बलिउड निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन

spot_img
spot_img

बलिउडका निर्देशक तथा कलाकार चन्द्रशेखरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनको अन्तिम संकार आज नै गर्ने तयारी उनको परिवारले गरेको छ । चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा गर्दै उनको निधन सुतिरहेको समयमा भएको बताएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै उनले शान्तिपूर्ण तरिकाले पिताले अन्तिम सास लिएको बताएका छन् ।
चन्द्रशेखरले २५० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले नायकको रुपमा सन् १९५३ मा ‘सुरंग’ नामक चलचित्रमा काम गरेका थिए ।
उनले ‘गेटवे अफ इन्डिया, फेसन, बरसात कि रात’ लगायतका चलचित्रमा पनि काम गरेका छन् । उनले, हिट म्यूजिकल चलचित्र ‘चा चा चा’मा निर्देशक, निर्माता र नायकको रुपमा भूमिका निर्वाह गरेका थिए । यो चलचित्रमा बलिउड नायिका हेलेनले काम गरेकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...