Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

बलिउड निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन

spot_img
spot_img

बलिउडका निर्देशक तथा कलाकार चन्द्रशेखरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनको अन्तिम संकार आज नै गर्ने तयारी उनको परिवारले गरेको छ । चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा गर्दै उनको निधन सुतिरहेको समयमा भएको बताएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै उनले शान्तिपूर्ण तरिकाले पिताले अन्तिम सास लिएको बताएका छन् ।
चन्द्रशेखरले २५० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले नायकको रुपमा सन् १९५३ मा ‘सुरंग’ नामक चलचित्रमा काम गरेका थिए ।
उनले ‘गेटवे अफ इन्डिया, फेसन, बरसात कि रात’ लगायतका चलचित्रमा पनि काम गरेका छन् । उनले, हिट म्यूजिकल चलचित्र ‘चा चा चा’मा निर्देशक, निर्माता र नायकको रुपमा भूमिका निर्वाह गरेका थिए । यो चलचित्रमा बलिउड नायिका हेलेनले काम गरेकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...