Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

सनीको फिल्म ‘गदर ः एक प्रेम कथा’को सिक्वेल बन्ने

spot_img
spot_img

एजेन्सी । सनी देवल, अमिषा पटेल र अमरीश पुरी अभिनित हिट फिल्म ‘गदर ः एक प्रेम कथा’ को सिक्वेल पनि बन्ने भएको छ । २० वर्ष अगाडि निर्माण भएको यो फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ ।

फिल्म १५ जुन २००१ मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले २५० करोड कमाएको थियो । फिल्मको सिक्वेल फिल्म जहाँ सकिएको थियो । त्यहीबाट सुरु हुने बताइएको छ । फिल्ममा सनी (तारा सिंह), अमिषा पटेल (सकीना) र उनीहरुको छोरा जीतको कथा समेटिनेछ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगाडि बढ्नेछ । फिल्मको विषयमा सनीले एक अन्तवार्तामा क्लाइमेक्स चेन्ज गरिएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म फ्लप हुने डरले क्लाइमेक्स सम्पादनमा परिवर्तन गरिएको थियो ।’

सो समय सनीले भनेका थिए, ‘क्लाइमेक्समा गोली लागेको कारण सकिना (अमिषा)को निधन हुने दृश्य थियो । हामीलाई लाग्यो सकिनाको निधनपछि फिल्म ट्रयाजेटी हुन्छ । दर्शकले नेगेटिभ प्रतिक्रिया दिन सक्छन् । त्यसैले फिल्मको एडिटिङमा फिल्मको अत्य राम्रो गर्न छोराको गीत सुनेपछि गोली लागेको सकिना उठ्ने बनाइएको हो ।’ सनीको समय अभावको कारण फिल्मको सुटिङका लागि भने ३ वर्ष लागेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...