Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सनीको फिल्म ‘गदर ः एक प्रेम कथा’को सिक्वेल बन्ने

spot_img
spot_img

एजेन्सी । सनी देवल, अमिषा पटेल र अमरीश पुरी अभिनित हिट फिल्म ‘गदर ः एक प्रेम कथा’ को सिक्वेल पनि बन्ने भएको छ । २० वर्ष अगाडि निर्माण भएको यो फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ ।

फिल्म १५ जुन २००१ मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले २५० करोड कमाएको थियो । फिल्मको सिक्वेल फिल्म जहाँ सकिएको थियो । त्यहीबाट सुरु हुने बताइएको छ । फिल्ममा सनी (तारा सिंह), अमिषा पटेल (सकीना) र उनीहरुको छोरा जीतको कथा समेटिनेछ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगाडि बढ्नेछ । फिल्मको विषयमा सनीले एक अन्तवार्तामा क्लाइमेक्स चेन्ज गरिएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म फ्लप हुने डरले क्लाइमेक्स सम्पादनमा परिवर्तन गरिएको थियो ।’

सो समय सनीले भनेका थिए, ‘क्लाइमेक्समा गोली लागेको कारण सकिना (अमिषा)को निधन हुने दृश्य थियो । हामीलाई लाग्यो सकिनाको निधनपछि फिल्म ट्रयाजेटी हुन्छ । दर्शकले नेगेटिभ प्रतिक्रिया दिन सक्छन् । त्यसैले फिल्मको एडिटिङमा फिल्मको अत्य राम्रो गर्न छोराको गीत सुनेपछि गोली लागेको सकिना उठ्ने बनाइएको हो ।’ सनीको समय अभावको कारण फिल्मको सुटिङका लागि भने ३ वर्ष लागेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...