Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

किन चल्यो ट्विटरमा ‘करिना बहिष्कार’ अभियान ?

spot_img
spot_img

सामाजिक संजाल ट्विटर कुनै कलाकारलाई रातारात स्टार बनाउन होस् या कुनै कलाकारको बिषयमा चर्को आलोचना नै गर्न किन नहोस्, भारतमा निकै प्रयोग भएको पाइन्छ ।

केही दिनयता चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको खबर सार्वजनिक भैरहेको छ । यो भूमिकाका लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर पनि भारतीय मिडियामा सार्वजनिक भएको थियो ।
तर, यो बिषयमा यो चलचित्रको निर्माण टिम र करिनाले केही पनि बताएका छैनन् । यो खबर सार्वजनिक भएसँगै सामाजिक संजाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान नै चलेको छ ।

आखिर, करिनालाई लिएर मानिसहरुमा किन यति धेरै आक्रोश पैदा भएको होला ?

विशेषगरि, यो चलचित्रमा करिनाले काम गर्दा ‘सीता’को भूमिकामाथि न्याय नहुने केही मानिसहरुको वुझाई छ । यो चलचित्रका लागि कुनै हिन्दु धर्ममा आस्था राख्ने नायिकालाई लिन धेरैले माग गरेका छन् । कतिपय प्रयोगकर्ताले त करिना तैमुर अली खानको आमा भएकाले पनि उनले ‘सीता’को भूमिका निर्वाह गर्न नसक्ने तर्क प्रस्तुत गरेका छन् ।

यस्तै, करिनाले चलचित्रको पर्दामा चुरोट तान्दै गरेको फोटो सार्वजनिक गर्दै केही ट्विटर प्रयोगकर्ताले ‘सीता’ बन्नका लागि उनी फिट नभएको बताएका छन् । करिनालाई यो भूमिकाका लागि फाइनल गरेको खण्डमा बलिउडकै विरुद्धमा प्रदर्शन गर्ने तर्क समेत केही ट्विटरका प्रयोगकर्ताको छ । तर, यो बिषयमा करिना र यो चलचित्रको टिमले कुनै प्रतिक्रिया दिएको छैन । तर, ट्विटरमा करिनालाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड चलेको छ ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...