Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

किन चल्यो ट्विटरमा ‘करिना बहिष्कार’ अभियान ?

spot_img
spot_img

सामाजिक संजाल ट्विटर कुनै कलाकारलाई रातारात स्टार बनाउन होस् या कुनै कलाकारको बिषयमा चर्को आलोचना नै गर्न किन नहोस्, भारतमा निकै प्रयोग भएको पाइन्छ ।

केही दिनयता चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको खबर सार्वजनिक भैरहेको छ । यो भूमिकाका लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर पनि भारतीय मिडियामा सार्वजनिक भएको थियो ।
तर, यो बिषयमा यो चलचित्रको निर्माण टिम र करिनाले केही पनि बताएका छैनन् । यो खबर सार्वजनिक भएसँगै सामाजिक संजाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान नै चलेको छ ।

आखिर, करिनालाई लिएर मानिसहरुमा किन यति धेरै आक्रोश पैदा भएको होला ?

विशेषगरि, यो चलचित्रमा करिनाले काम गर्दा ‘सीता’को भूमिकामाथि न्याय नहुने केही मानिसहरुको वुझाई छ । यो चलचित्रका लागि कुनै हिन्दु धर्ममा आस्था राख्ने नायिकालाई लिन धेरैले माग गरेका छन् । कतिपय प्रयोगकर्ताले त करिना तैमुर अली खानको आमा भएकाले पनि उनले ‘सीता’को भूमिका निर्वाह गर्न नसक्ने तर्क प्रस्तुत गरेका छन् ।

यस्तै, करिनाले चलचित्रको पर्दामा चुरोट तान्दै गरेको फोटो सार्वजनिक गर्दै केही ट्विटर प्रयोगकर्ताले ‘सीता’ बन्नका लागि उनी फिट नभएको बताएका छन् । करिनालाई यो भूमिकाका लागि फाइनल गरेको खण्डमा बलिउडकै विरुद्धमा प्रदर्शन गर्ने तर्क समेत केही ट्विटरका प्रयोगकर्ताको छ । तर, यो बिषयमा करिना र यो चलचित्रको टिमले कुनै प्रतिक्रिया दिएको छैन । तर, ट्विटरमा करिनालाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड चलेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...