Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

रेडक्रसद्वारा कोभिड–१९ समन्वय बैठक सप्पन्न

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सम्बन्धी गाउपालिका स्तरीय एक दिने समन्वय बैठक सम्पन्न भएको छ ।

- Advertisement -

युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित कार्यक्रममा कोरोना महामारिको समयमा रेडक्रसले सामुदायिक स्तरमा आएर स्वास्थ स्वयंसेवक खटाइ महामारीबाट वचन बचाउनका लागि उत्प्रेरित गर्दै आएको कुरा निकै सरहानिय रहेकोले रेडक्रसको सेवा मुलक कार्यमा गाउपालिकाको समन्वय एवं सहयोग हरदम रहने  सहभागिहरुले बताएका थिए ।

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको बैठकमा नेपाल रेडक्रस सोसाइटीका कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका लेखा अधिकृत बिरसमसेर प्रसाद कुर्मिले कार्यक्रमको योजना बारे जानकारी गराएका थिए । उनले अकअर्का सङ समन्वय गरि पालिकाको नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भन्ने कुरालाई सहभागीहरुमा जानकारी गराएको रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी गराए ।

समन्वय कार्यक्रमका जिल्ला फोकल पर्सन सन्तोष रामले संचालन गरेको कार्यक्रममा उपाअध्यक्ष बिसमिल्लाह खातुन, स्वास्थ प्रमुख परमेन्द्र शाह, शिक्षा प्रमुख नरेस महतो कोइरि, प्रहरी प्रतिनिधि, वडाअध्यक्ष मङरु राउत गद्दी, नगिना राउत अहिर, बिहारी महतो नुनिया, प्रभुनाथ नुनिया, रेडक्रसका स्वास्थ स्वयंसेवक, महिला स्वयंसेवक लगायत ३५ जनाको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...