Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

रेडक्रसद्वारा कोभिड–१९ समन्वय बैठक सप्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सम्बन्धी गाउपालिका स्तरीय एक दिने समन्वय बैठक सम्पन्न भएको छ ।

युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित कार्यक्रममा कोरोना महामारिको समयमा रेडक्रसले सामुदायिक स्तरमा आएर स्वास्थ स्वयंसेवक खटाइ महामारीबाट वचन बचाउनका लागि उत्प्रेरित गर्दै आएको कुरा निकै सरहानिय रहेकोले रेडक्रसको सेवा मुलक कार्यमा गाउपालिकाको समन्वय एवं सहयोग हरदम रहने  सहभागिहरुले बताएका थिए ।

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको बैठकमा नेपाल रेडक्रस सोसाइटीका कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका लेखा अधिकृत बिरसमसेर प्रसाद कुर्मिले कार्यक्रमको योजना बारे जानकारी गराएका थिए । उनले अकअर्का सङ समन्वय गरि पालिकाको नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भन्ने कुरालाई सहभागीहरुमा जानकारी गराएको रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी गराए ।

समन्वय कार्यक्रमका जिल्ला फोकल पर्सन सन्तोष रामले संचालन गरेको कार्यक्रममा उपाअध्यक्ष बिसमिल्लाह खातुन, स्वास्थ प्रमुख परमेन्द्र शाह, शिक्षा प्रमुख नरेस महतो कोइरि, प्रहरी प्रतिनिधि, वडाअध्यक्ष मङरु राउत गद्दी, नगिना राउत अहिर, बिहारी महतो नुनिया, प्रभुनाथ नुनिया, रेडक्रसका स्वास्थ स्वयंसेवक, महिला स्वयंसेवक लगायत ३५ जनाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...