Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

एक लाख डोज खोप नपाए सबै उद्योग बन्द गर्ने वीरगंजका व्यवसायीको चेतावनी

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले वीरगंज क्षेत्रका उद्योगी व्यवसायी, मजदुर र कर्मचारीका लागि तत्कालै १ लाख डोज कोभिड विरुद्धको खोप सरकारसँग माग गरेको छ । मङगलबार संघले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्रचार गरेर वीरगंजको निजी क्षेत्रलाई तत्काल १ लाख डोज खोप माग गरेको हो ।

- Advertisement -

संघका अनुसार वीरगंज पथलैया औद्योगिक कोरिडोरमा साना ठूला गरी करिब १ हजार उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुमा उद्योगी, मजदुर, कर्मचारी गरी १ लाख भन्दा बढी जनशक्ति कार्यरत रहेको संघले जनाएको छ । त्यसकारण तत्काल १ लाख डोज खोप वीरगंजको निजी क्षेत्रका लागि उपलब्ध गराइदिन संघले स्वास्थ्यमन्त्रीलाई पत्र नै लेखेर माग गरेको संघका अध्यक्ष सुबोध गुप्ताले बताए । कोभिड महामारीको उच्च जोखिमका बीचमा पनि उद्योग कलकारखाना सन्चालन गरेर अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको भए पनि खोप अभियानमा सरकारको प्राथमिकतामा निजी क्षेत्र नपरेको गुनासो संघको छ ।

प्राथमिकतामा नपरेकै कारण अहिलेसम्म पनि उद्योगी, मजदुर र कर्मचारीहरु कोभिड विरुद्धको खोपबाट बञ्चित रहनु परेको संघले जनाएको छ । स्वास्थ्यविद् र वैज्ञानिकले कोभिड संक्रमणको तेश्रो लहर पनि छिट्टै देखापर्ने बताइरहँदा तेश्रो लहर आउनुअघि नै वीरगंज क्षेत्रमा रहेका उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्योगीलाई खोप लगाउन अपरिहार्य भएको अध्यक्ष गुप्ताले बताए । तत्काल १ लाख डोज खोप सरकारले वीरगंज उद्योग वाणिज्य संघलाई उपलब्ध गराइदिनु पर्ने र त्यसको वितरण व्यवस्थापन संघले नै गर्ने अध्यक्ष गुप्ताले बताए ।

उनले भने, “१ लाख डोज खोप सरकारले स्वास्थ्य कार्यालय मार्फत संघलाई उपलब्ध गराइदिनु पर्छ, त्यसपछि खोप कसलाई कहाँ कसरी लगाउने काम संघ आफैँले गर्नेछ ।“ यदी सरकारले तत्कालै खोप उपलब्ध नगराएमा वीरगंज पथलैया औद्योगिक कोरिडोरका उद्योगहरु बन्द नै गर्नुपर्ने अवस्था आउने चेतावनी संघले दिएको छ । अध्यक्ष गुप्ताले भने, “यदी समयमै खोप पाउन सकिएन भने कोही पनि उद्योगी, कर्मचारी, मजदुर उद्योगमा जानसक्ने अवस्था नै रहँदैन, बाध्य भएर उद्योग बन्द गर्नैपर्ने अवस्था आउँछ, त्यसपछि मुलुकभर नै मालवस्तुको आपूर्ति व्यवस्था खल्बलिने छ ।“

अहिले पनि यस औद्योगिक कोरिडोरका उद्योगहरु ५० प्रतिशत क्षमतामा मात्रै सन्चालनमा रहेको उनले बताए । कोभिडको डरले कतिपय मजदुर तथा कर्मचारी उद्योगमा आएकै छैनन् । जसकारण अहिले उद्योगहरु ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन् । अब तेश्रो लहर पनि आउने संकेत देखिएकाले यदी तत्कालै खोप लगाउन पाइएन भने अहिले आधा क्षमता चलिरहेका उद्योगहरु पनि पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए । संघले खोपका लागि स्वास्थ्य मन्त्रीलाई पत्र लेख्नुका साथै प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिका पनि यस बारेमा लिखित जानकारी गराएको अध्यक्ष गुप्ताले बताए ।-साभार अन्नपूर्ण पोस्ट

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...