Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

हुलाकी सडक हस्तान्तरण गरेको अढाई महिना नवित्दै भत्किन थाल्यो

spot_img
spot_img

वीरगंज  । नेपाल सरकारको राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको अढाई महिना नवित्दै भत्किन थालेको छ । हतार–हतार सडक निर्माणको काम सकाउने क्रममा निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको कारण विभिन्न स्थानमा बीचबाट सडक फाटेर भासिन थालेका छ ।

त्यस्तै, कतिपय स्थानमा सडकको दुवै छेउमा गरिएको ग्राभेल पनि भासिन थालेको छ । पर्साको सदरमुकाम वीरगंजदेखि पश्चिमी क्षेत्र ठोरीको चौतारासम्म ६० किलोमिटर यस हुलाकी सडक २०६६ सालमा निर्माण कार्य सुरु गरिएको थियो, तर निर्माण कम्पनीको लापरवाहीको कारण ७ वर्षसम्म अलपत्र परेको थियो । हुलाकी राजमार्ग निर्माणको जिम्मा भारतीय ठेकेदार कम्पनी भिस्वा (बी.भी.एस.आर.) ज्वाइन भेन्चरले पाएको थियो । प्रथम चरणको मात्र काम सकाएर आयोजनामा ठूलो घाटा लाग्ने थाहा पाएपछि ठेकेदार कम्पनीले निर्माण सामग्री र केही मेशिनहरु समेत छाडेर भागेको कारण निर्माण कार्य अलपत्र परेको थियो ।

अलपत्र परेको उक्त सडक ७ वर्षपछि नेपाल सरकारले २०७४ कात्तिक १ गतेदेखि निर्माण कार्य शुरु गर्ने गरी ३०/३० किलोमिटर निर्माणका लागि दुईवटा नेपाली निर्माण कम्पनीलाई जिम्मा लगाएको थियो । त्यसपछि एकै दिन ३० महिनामा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी २०७४ कात्तिक १ गतेदेखि निर्माण कार्य थालनी गरिएको थियो । पावरहाउस चोकदेखि चमरीहोलसम्म ३० किलोमिटर निर्माणको जिम्मा पाएको अमर कन्टेक्ट पप्पु जेभीले हालसम्म सडक निर्माणको काम सम्पन्न गर्न सकेको छैन । तर, चमरीहोलदेखि ठोरीको चौतारासम्म ३० किलोमिटरको जिम्मा पाएको कालिका÷बाँनिया ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले भने यही २०७८ चैत १८ गते निर्माण कार्य सम्पन्न गरेर नेपाली जनतालाई हस्तान्तरण गरिसकेको छ । तर, सडक हस्तान्तरण गरेको अढाई महिना नवित्दै सडक भत्किन थालेको छ ।

कमशल सामग्री प्रयोग गरी हतार–हतारमा सडक निर्माण गरेको कारण विभिन्न ठाउँमा सडक भत्किन थालेको ठोरी गाउँपालिका–२ का वडाध्यक्ष किशोर तामाङ्गले बताए । उनले भने, ‘हामीहरुलाई प्राविधिक कुरा जानकारी नभएतापनि बेला बखत सडकको गुणस्तरमा कुनै किसिमको सम्झौता नगर्ने गरी काम हुनुपर्ने दबाब दिदै आएका थियौं । निर्माण कम्पनीका फिल्ड म्यानेजर उद्यव न्यौपानेले विश्वासको नाममा पर्सावासीलाई धोका दिए ।’ सडक निर्माणको क्रममा रातारात माटो खसाई, ग्राभेल गरी पिच गरिएको वडाध्यक्ष तामाङ्गको भनाइ छ । उनले थप भने, ‘सडक निर्माण गर्दा विभिन्न किसिमका मापदण्डहरु हुन्छन्, तर ती मापदण्डहरु पूरा गरिएको छैन ।

निर्माण कम्पनीले हामी गुणस्तरहीन काम गर्दैनौं भन्दा भन्दै रातारात माटो पुर्ने, ग्राभेल गर्ने र कमशल सामग्री प्रयोग गरि सडक पिच गरेर हस्तान्तरण ग–यो ।’ विभिन्न स्थानमा सडक भत्किन थालेपछि स्थानीयहरुले जनप्रतिनिधिलगायत राजनीतिक दलका नेताहरुलाई दोषारोपण गरिरहेको अवस्थामा वडाध्यक्ष तामाङले थप भने, ‘यसरी काम हुन्छ भन्ने थाहा पाएको भए पहिला नै रोक लगाउने थिए । तर मलाई यसबारे जानकारी नभएको कारण निर्माण कम्पनीले हामीमाथि विश्वासघात ग¥यो ।’त्यस्तै, ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य बहादुर लामाले पनि निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको आरोप लगाए । उनले भने, ‘सडक हस्तान्तरण गरेको अढाई तीन महिना पनि बितेको छैन ।

सडक फुट्ने, भत्कने, सडक छेउमा गाडिएको पिलरहरु भत्किने जस्ता विभिन्न समस्याहरु देखा पर्न थालेको छ । गुणस्तरीय सडक निर्माण भएको छैन । गुणस्तरीय सडक निर्माणका लागि पटक–पटक आफूहरुले दबाब दिदा पनि निर्माण कम्पनीले आफ्नो मनोमानी रुपमा कसैको कुरा नसुनी, सबैलाई आश्वासन मात्रै दिएर गुणस्तरहीन सडक निर्माण गरेको उनको आरोप छ । सडक विभिन्न ठाउँमा भत्किन थालेपछि निर्माण कम्पनीका कामदाहरु धमाधम माटोले पुर्दै जनताको आँखामा धुलो छर्किने काम गर्दै आएका छन् । अर्कोतर्फ निर्माण कम्पनीले ठोरीको चौतारासम्म निर्माणको जिम्मा पाएपनि ४÷५ किलोमिटर सडक अधुरै छाडेर हस्तान्तरण गरेको हो ।

ठोरी गापाको वडा नम्बर २ स्थित फायरलाइन सडकदेखि चौतारासम्मको सडक अहिलेपनि ग्राभेल मात्रै गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले निर्माण कार्यमा अवरोध गरेको कारण देखाउँदै निर्माण कम्पनीले अधुरै छाडेको हो । यता हुलाकी सडक आयोजना वीरगंजका प्रमुख दरोगा प्रसादले सडक भत्केको ठाउँमा निर्माण कम्पनीले पुनः निर्माण गर्ने बताए । उनले भने, ‘सडकको अलकत्रा अहिलेसम्म सेट नभएको होइन, गर्मीले गर्दा पग्लेको हुनसक्छ, र हाई सेलिङ्ग अर्थात सडकको उचाई भन्दा पुलको उचाई बढी भएको ठाउँमा पिच गरिएको कारण पुल छेउछाउमा सडक भत्किएको हो ।’ १ अर्व १७ करोड रुपैयाँमा निर्माणको जिम्मा पाएकोमा निर्माण कम्पनीले पूरा काम गर्न नसकेको कारण देखाउँदै आयोजना कार्यालयले साढे ९५ करोड रकम मात्रै पास गरेको छ ।

भारतीय सरकारको अनुदानमा निर्माण शुरु गरिएको हुलाकी राजमार्ग रौतहटदेखि बारा, पर्सा हुँदै चितवन जिल्लामा जोडिएको छ । हुलाकी राजमार्ग निर्माण गर्दा सडकमा पर्ने पुलकोको बजेट नेपाल सरकारले र सडकको मुअब्जादेखि निर्माण कार्यमा लाग्ने बजेट भारत सरकारले अनुदान स्वरुप दिने सम्झौता भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...