कलैया । बाराका महागढीमाई नगरपालिकाकामा मंगलबार कोरोना पोजेटिभ भएका ६ जना बालबालिकाहरुलाई पौष्टिक युतm खाद्मानय सामग्रीहरु बितरण गरिएको छ ।

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहाले कोरोना पोजेटिभ बालबालिकाहरुको अभिभावकलाई च्यवन प्रास १ किलो, रियल जुस १ किलो, होर्लिस ५०० ग्राम, सातु १ किलो, काजु २ प्याकेट, काबली बेदाम २ प्याकेट लगायतका सामग्रीहरु बितरण गरेका थिए । कोरोना पोजेटिभ बालबालिकाहरुलाई बचाउन तथा संरक्षणको लागि बाल हेल्पलाइन नं. १०९८ बाराद्घारा बितरण कार्यक्रममा संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, महागढीमाई नगरपालिकाका लेखा अधिकृत मनिष जयसवाल, प्रशासन प्रमुख गन्नायक ठाकुर र प्रभु मण्डल लगायतका उपस्थिती रहेको थियो ।
सो सामग्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोग तथा संरक्षण नेपाल, बाराको सहकार्यमा संचालित बाल हेल्पलाइन नं. १०९८ नेपाल, बाराले कोभिड पोजेटिभ भएका गरिब परिवारका बालबालिकाहरुलाई राहत सहयोग प्रदान गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।
बालबालिकाहरुको हकहित संरक्षण र प्रवद्र्घनको लागि बाल हेल्पलाइन नं. १०९८ बाराले पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा काम गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले जानकारी दिए ।


