Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालमा आईतबार १८३ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा पर्साका १६ जना, बाराका ५ जना, रौतहटका दुई जना र सर्लाहीका दुई जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए ।

संक्रमित हुनेहरुमा ८ जना महिला र १६ जना पुरुष रहेका छन् । संक्रमितहरु १३ बर्षदेखी ६६ बर्ष उमेर समूहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १४.८ देखी ३५.८ सम्म रहेको डा. सिंहले जानकारी दिए । पर्साको वीरगंज महानगर पालिका वडा नं. २, १६ का दुई÷दुई जना, वडा नं. ४ का ४ जना, वडा नं. १, ६, ८, १३, १५, १८, २१ का एक÷एक जना र बहुदरमाई नगरपालिका वडा नं. ३ का एक जना संक्रमित भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले जानकारी दिए ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका वडा नं. ५ का दुई जना, सिम्रौनगढ नगरपालिका वडा नं ९ का एक जना, आदश कोतवाल गाउँपालिका वडा नं. १ का एक जना र पचरौता नगरपालिका वडा नं. १ का एक जना संक्रमित भएका हुन । यस्तै, रौतहटको गजुरा–८, जयनगर–१, सर्लाहीको बरहथवा–७ र लक्ष्मीपुरका एक÷एक जना संक्रमित भएको डा. सिंहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...