Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

वीरगंजमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालमा आईतबार १८३ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा पर्साका १६ जना, बाराका ५ जना, रौतहटका दुई जना र सर्लाहीका दुई जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए ।

- Advertisement -

संक्रमित हुनेहरुमा ८ जना महिला र १६ जना पुरुष रहेका छन् । संक्रमितहरु १३ बर्षदेखी ६६ बर्ष उमेर समूहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १४.८ देखी ३५.८ सम्म रहेको डा. सिंहले जानकारी दिए । पर्साको वीरगंज महानगर पालिका वडा नं. २, १६ का दुई÷दुई जना, वडा नं. ४ का ४ जना, वडा नं. १, ६, ८, १३, १५, १८, २१ का एक÷एक जना र बहुदरमाई नगरपालिका वडा नं. ३ का एक जना संक्रमित भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले जानकारी दिए ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका वडा नं. ५ का दुई जना, सिम्रौनगढ नगरपालिका वडा नं ९ का एक जना, आदश कोतवाल गाउँपालिका वडा नं. १ का एक जना र पचरौता नगरपालिका वडा नं. १ का एक जना संक्रमित भएका हुन । यस्तै, रौतहटको गजुरा–८, जयनगर–१, सर्लाहीको बरहथवा–७ र लक्ष्मीपुरका एक÷एक जना संक्रमित भएको डा. सिंहले बताए ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...