Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

विपन्न दलित परिवारलाई राहत वितरण

spot_img
spot_img

जिराभवानी । पर्साको जीराभवानी गाउँपालिका–४ मा रहेको चमार दलित समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । चमार कल्याण समाज मलेसिया शाखाको आर्थिक सहयोगमा २७ गरिब तथा विपन्न परिवारलाई राहत सहयोग गरिएको पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिए ।

जीराभवानी गाउँपालीका ४ सुपौलीका चमारबस्तीका २७ घरपरिवारलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १÷१ किलो आलु÷नून, दुई थान साबुन, १ थान सर्फ, केही आयुर्वेदिक औषधि र २ थान मास्क गरी प्रतिव्यक्ति १ हजार ५० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको अध्यक्ष रामले बताए । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञामा प्रभावित अतिविपन्न, गरीब, ज्येष्ठ नागरिक, चमारहरूलाई खाद्यान्न वितरण गरिएको उनले बताए । दैनिक जीवनयापनमा समस्या भोग्दै आएका उनीहरूलाई खाद्यान्न सहयोगबाट केही राहत मिलेको छ ।

वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी भएपछि आर्थिक रूपले विपन्न दलित, चमारहरूलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले कुनै राहत वितरण गरेका छैनन्, जसले गर्दा दैनिक ज्याला मजदूरी गरेर जीवन बिताउनेहरूलाई निकै समस्या भइरहेको छ । सहयोगी संस्थाहरूको सहयोगमा आफूहरूले केही दलित, चमारहरूलाई मात्र राहत दिन सकेको अध्यक्ष रामले बताए । उनले पर्सा जिल्लामा रहेका यस्ता थुप्रै परिवारले राहतको आस गरिबसेको भन्दै सहयोगी संस्थाहरूलाई यस सम्बन्धमा विचार पु–याउन र राहत वितरण गरी सहयोग गर्न आग्रह गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...