Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

विपन्न दलित परिवारलाई राहत वितरण

जिराभवानी । पर्साको जीराभवानी गाउँपालिका–४ मा रहेको चमार दलित समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । चमार कल्याण समाज मलेसिया शाखाको आर्थिक सहयोगमा २७ गरिब तथा विपन्न परिवारलाई राहत सहयोग गरिएको पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिए ।

- Advertisement -

जीराभवानी गाउँपालीका ४ सुपौलीका चमारबस्तीका २७ घरपरिवारलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १÷१ किलो आलु÷नून, दुई थान साबुन, १ थान सर्फ, केही आयुर्वेदिक औषधि र २ थान मास्क गरी प्रतिव्यक्ति १ हजार ५० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको अध्यक्ष रामले बताए । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञामा प्रभावित अतिविपन्न, गरीब, ज्येष्ठ नागरिक, चमारहरूलाई खाद्यान्न वितरण गरिएको उनले बताए । दैनिक जीवनयापनमा समस्या भोग्दै आएका उनीहरूलाई खाद्यान्न सहयोगबाट केही राहत मिलेको छ ।

वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी भएपछि आर्थिक रूपले विपन्न दलित, चमारहरूलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले कुनै राहत वितरण गरेका छैनन्, जसले गर्दा दैनिक ज्याला मजदूरी गरेर जीवन बिताउनेहरूलाई निकै समस्या भइरहेको छ । सहयोगी संस्थाहरूको सहयोगमा आफूहरूले केही दलित, चमारहरूलाई मात्र राहत दिन सकेको अध्यक्ष रामले बताए । उनले पर्सा जिल्लामा रहेका यस्ता थुप्रै परिवारले राहतको आस गरिबसेको भन्दै सहयोगी संस्थाहरूलाई यस सम्बन्धमा विचार पु–याउन र राहत वितरण गरी सहयोग गर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

थप समाचार

‘फ्रि बिजुली–पानी’ भुक्तानी रोकिँदा मौलापुरकी मेयर आक्रोशित, प्रधानमन्त्रीको ध्यानाकर्षण

वीरगंज । रौतहटको मौलापुर नगरपालिकामा सञ्चालन हुँदै आएका ‘फ्रि बिजुली, फ्रि पानी’ तथा छोरीको विवाहमा नगद सहयोगजस्ता लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएपछि नगर प्रमुख रिनाकुमारी...

वीरगंजकाे मुख्य सडक विस्तारका लागि केन्द्रविन्दु निर्धारण मंगलबारदेखि, अन्योलता हट्ने अपेक्षा

वीरगंज । वीरगंजको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथको मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि सुरु हुने भएको छ। सोमबार वीरगंज महानगरपालिकामा बसेको सरोकारवालाहरूको...

तलब नपाएपछि छिपहरमाई गाउँपालिकाका कर्मचारी धर्नामा, सेवा प्रवाह ठप्प

वीरगंज । तलब नपाएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरि धर्ना बसेका छन् । गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करारका कर्मचारीहरू...