वीरगंज । नेपाल रेडक्रस सोसाइटी प्रदेश २ द्वारा कोभिड–१९ रोगबाट वचन बचाउनकालाइ स्वास्थ सामाग्रीहरु सहयोग गरिएको छ । रेडक्रस सोसाइटी प्रदेश न २ का अध्यक्ष फुलमहम्मद मियाँले रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कन्डेललाइ सर्जिकल मास्क २८०००, एन ९५ मास्क १५००, ब्यक्तिगत सुरक्षा सामाग्री(पि.पि.इ) ३५ सेट हस्तानान्तरण गरेका हुन ।

यस्तै अध्यक्ष मियाँद्वारा बारा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितीका अध्यक्ष एवं बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई १० हजार सर्जिकल मास्क र ५० सेट ब्यक्तिगत सुरक्षा सामाग्री(पि.पि.इ) र बारा रेडक्रसलाइ २३ हजार सर्जिकल मास्क, १ हजार एन९५ मास्क र १५ सेट ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए । प्रदेश अध्यक्ष मियाँले कोरोना महामारि रोग अहिले अवस्थामा पहिलो लहर भन्दा बढी घातक रहेकोले रेडक्रस प्रदेश कार्यालयले २ नम्बर प्रदेश भरिका जिल्लाहरुसंग नियमित समन्वय गरि जिल्लालाइ सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
बाराका प्रजिअ सुरेन्द्र पौडेलले ७७ जिल्ला मै मानवीय सेवा कार्यमा अग्रसर रहेका रेडक्रसले विभिन्न समयमा विभिन्न सेवा मुलक कार्यक्रमहरु गर्नुका साथै यस महामारीको समयमा समेत उल्लेखनीय सहयोग गरेको कुरा निकै स्रहानिय रहेको बताए । कार्यक्रममा प्रदेश रेडक्रसका कोषाध्यक्ष दिब्यनाथ श्रेष्ठ ,मन्त्री धिरेन्द्र यादव, स.प्र.जि.,उदय नेपाल,शैलेन्द्र प्र.,संतोष नेपाल र पर्सा जिल्लामा अधिकृत उमेस मिश्र, बिरसमसेर कुर्मी, सुदर्शन श्रेष्ठ, आलम हुसेन, लक्ष्मीनारायण राउत लगायतको उपस्थिति रहेको थियो ।


