Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

रेडक्रस प्रदेश २ द्वारा स्वास्थ्य सामग्री सहयोग

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी प्रदेश २ द्वारा कोभिड–१९ रोगबाट वचन बचाउनकालाइ स्वास्थ सामाग्रीहरु सहयोग गरिएको छ । रेडक्रस सोसाइटी प्रदेश न २ का अध्यक्ष फुलमहम्मद मियाँले रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कन्डेललाइ सर्जिकल मास्क २८०००, एन ९५ मास्क १५००, ब्यक्तिगत सुरक्षा सामाग्री(पि.पि.इ) ३५ सेट हस्तानान्तरण गरेका हुन ।

यस्तै अध्यक्ष मियाँद्वारा बारा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितीका अध्यक्ष एवं बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई १० हजार सर्जिकल मास्क र ५० सेट ब्यक्तिगत सुरक्षा सामाग्री(पि.पि.इ) र बारा रेडक्रसलाइ २३ हजार सर्जिकल मास्क, १ हजार एन९५ मास्क र १५ सेट ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए । प्रदेश अध्यक्ष मियाँले कोरोना महामारि रोग अहिले अवस्थामा पहिलो लहर भन्दा बढी घातक रहेकोले रेडक्रस प्रदेश कार्यालयले २ नम्बर प्रदेश भरिका जिल्लाहरुसंग नियमित समन्वय गरि जिल्लालाइ सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

बाराका प्रजिअ सुरेन्द्र पौडेलले ७७ जिल्ला मै मानवीय सेवा कार्यमा अग्रसर रहेका रेडक्रसले विभिन्न समयमा विभिन्न सेवा मुलक कार्यक्रमहरु गर्नुका साथै यस महामारीको समयमा समेत उल्लेखनीय सहयोग गरेको कुरा निकै स्रहानिय रहेको बताए । कार्यक्रममा प्रदेश रेडक्रसका कोषाध्यक्ष दिब्यनाथ श्रेष्ठ ,मन्त्री धिरेन्द्र यादव, स.प्र.जि.,उदय नेपाल,शैलेन्द्र प्र.,संतोष नेपाल र पर्सा जिल्लामा अधिकृत उमेस मिश्र, बिरसमसेर कुर्मी, सुदर्शन श्रेष्ठ, आलम हुसेन, लक्ष्मीनारायण राउत लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...