वीरगंज । सिप्रडीयन सहायता संस्थाद्वारा शनिबार नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको क्रममा चाहिने केही आवश्यक समाग्री सहयोग गरिएको छ । सो सामग्री नारायणि अस्पताललाई हस्तान्तरण गरिएको हो ।

संस्थाले २५ वटा मेटलको बेड, २५ वटा बेड सिट, २५ थान खोल सहितको पिलो (सिरानी), पानी हिटर लगायतका समाग्री नारायणी अस्पताल लाई सहयोग गरेको छ । संस्थाका सदस्य गोपाल आर्चार्य र संदिप गुप्ताले सो सामग्री नारायणि अस्पतालका काभिड संयोजक एवम् निमित मेडिकल सुपरिटेन्डेन्ट डा. उदय नारायण सिंहलाई हस्तानान्तरण गरेका थिए ।


