Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

रोटरीद्वारा नारायणी अस्पताललाई खाद्यान्न सहयोग

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसले वीरगंजस्थित नारायणी अस्पताललाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । क्लबले २०५ किलो चामल, १० किलो रहरको दाल, १० किलो मसुरको दाल, २५ लिटर खाने तेल, मसाला लगायतका सामग्री अस्पतालका निमित प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. उदय नारायण सिंह र त्यहाका अधिकारीलाई क्लबका भुतपूर्व अध्यक्ष रो. शालिकराम प्रसाद र क्लबका सर्भिस प्रोजेक्ट डाईरेक्टर रो. अनिल जायसवालले हस्तान्तरण गरेका हुन् ।

यस अघि नारायणी अस्पताललाई नै स्वास्थ्य सामाग्री वितरण गरेको क्लबले अस्पतालका कर्मचारी तथा बिरामीहरुका लागि उपयोगी हुने भन्दै खाद्यान्न सामाग्री सहयोग गरेको जायसवालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...