Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

रोटरीद्वारा नारायणी अस्पताललाई खाद्यान्न सहयोग

वीरगंज । रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसले वीरगंजस्थित नारायणी अस्पताललाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । क्लबले २०५ किलो चामल, १० किलो रहरको दाल, १० किलो मसुरको दाल, २५ लिटर खाने तेल, मसाला लगायतका सामग्री अस्पतालका निमित प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. उदय नारायण सिंह र त्यहाका अधिकारीलाई क्लबका भुतपूर्व अध्यक्ष रो. शालिकराम प्रसाद र क्लबका सर्भिस प्रोजेक्ट डाईरेक्टर रो. अनिल जायसवालले हस्तान्तरण गरेका हुन् ।

- Advertisement -

यस अघि नारायणी अस्पताललाई नै स्वास्थ्य सामाग्री वितरण गरेको क्लबले अस्पतालका कर्मचारी तथा बिरामीहरुका लागि उपयोगी हुने भन्दै खाद्यान्न सामाग्री सहयोग गरेको जायसवालले बताए ।

ताजा अपडेट

थप समाचार

वीरगंजकाे ड्राइपाेर्टसहित राजमार्ग र सहायक राजमार्गमा सवारी कर असुलीमा रोक

वीरगंज । वीरगंज महानगरपालिकाकाे राजमार्ग र सहायक राजमार्ग अन्तर्गतकाे सडकमा सवारी करको नाममा हुँदै आएको अवैध असुलीमा उच्च अदालतले रोक लगाएको छ। उच्च अदालत जनकपुरको...

परवानीपुर गोल्डकपमा महिला मैत्रीपूर्ण खेल : वीरगंज युथ एकेडेमी विजयी

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न महिला मैत्रीपूर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ। परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा...

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...