वीरगंज । ञमुस्लीम फण्डको नामबाट पर्सा जिल्लाका विभिन्नग्रामीण स्थानहरुमा गाडिएका हजारौं धाराको पानी पिउन अयोग्य भएको पाइएको छ । फण्डले १५ देखि बढीमा २५ फिटसम्म मात्रै पाइप गाडेर धारा जडान गरेकोले पानी पिउन अयोग्य न भएको हो । ५० फिट भन्दा कम गाडिएका धाराको पानी सेवन गर्न नहुने खानेपानी विज्ञहरु बताउँछन् ।

मुस्लीम फण्डका नाममा जिल्लाका गाउँघरमा सोझासिधा परिवारसँग ५हजारदेखि ८ हजारसम्म पैसा असुलेर धारा गाड्ने काम कस्ले र किन गरिरहेको छ । सोको जानकारी भने कुनै स्थानीय तहका सरकारसँग पनि छैन । जिराभवानी गाउँ पालिका १मा धेरैजसो घरको अगाडि र तरकारीबारीका गरैपिच्छे पानीका धारा गाडिएका छन् । धारामा अरवी अक्षरले लेखिएको छ । खानेपानी सुविधाकोलागि भन्दै निःशुल्क भनिए पनि ५ हजार देखि ८ हजार रुपैंया तिरेर गाडेको धाराको पानी खानयोग्य नभएको स्थानीय जसपाका युवा नेता नेसार समानिले बताउनुभयो ।
जिराभवानी गाउँपालिकाको वडा नंं। ५ को शंकारसरैया स्थित दलित बस्तीमा पाँचवटा घरहरु भएको टोलमा १२ वटासम्म धारा गाडिएका छन् । कम गाडिएका कारण केही धाराबाट पानी आउनै छाडेको छ । पानी आउने कतिपयमा धाराको पानी भने स्थानीयले सेवन गर्दै आएका छन् । तर पनि पानी भने स्वच्छ नभएको समानिले बताउनुभयो ।
फण्डले जडान गरेको धारामा राम्रो र सजिलै पानी नआउने गरेकोे अर्की स्थानीय सुगान्धी देवीले सुनाउनुभयो । ‘धारा गाड्ने मिस्त्रीहरुको समुहले एकदिनमा सातवटासम्म धारा गाडेर गए, उहाँले भन्नुभयो, १५ देखि मुस्किलले ३० फिट सम्म धारा गाडेका छन, अली बढी गाडनु भन्दा मानेन्, पानी त आयो तर राम्रो छैन उहाँले भन्नुभयो । हामीलाई यतिमात्रै गाड्न भनिएको छ भन्दै मिस्त्रीहरु पन्छिएको उहाँले बताउनुभयो । त्यसै कारण अहिले गाउँका धेरै धारा प्रयोग विहिन बनेका छन् । धारा गाड्दा नगद १० हजार खर्च भएको उहाँले सुनाउनुभयो ।
जिराभवानी गाउँपालिका वडा नंं१ कै गम्हरिया बालुवा महादेवपट्टि जगतिया लगायतका स्थानमा मुस्लीम फण्डका धारा गाडिएको जगतियाका रामप्रसाद ओझैया ले बताउनुभयो । धाराका लागि नाम टिपन अर्कै ठाउँका मान्छे आएकाले उनीहरुलाई आफुहरुले नचिन्ने उहाँले बताउनुभयो ।
यता मुस्लीम फण्डबाट भन्दै धमाधम गाउँमा धारा गाडिए पनि स्थानीय सरकार भने बेखबर रहेको छ । धारा गाडने कार्यमा आफुहरुसँग कुनै किसिमको समन्वय नै नभएको जिराभवानी गाउँपालिका १ का वाड अध्यक्ष शेख नुमान आजमले बताउनुभयो । धारा गाडिनु राम्रो भएपनि ती धाराको पानी पिउन योग्य नहुनु चाही नराम्रो भएको उहाँको भनाइ छ । पटेर्वासुगौली गाउँपालिका १ सोनबार्षाका अहमद अन्सारी भन्ने मुस्लीम अगुवाले धारा गाड्ने कामको संयोजन गरिरहेको उहाँले बताउनुभयो ।


