Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

मुस्लीम फण्डको नाममा जडान गरिएका धारामा ब्रहम लुट, पानी पिउन अयोग्य

spot_img
spot_img

वीरगंज । ञमुस्लीम फण्डको नामबाट पर्सा जिल्लाका विभिन्नग्रामीण स्थानहरुमा गाडिएका हजारौं धाराको पानी पिउन अयोग्य भएको पाइएको छ । फण्डले १५ देखि बढीमा २५ फिटसम्म मात्रै पाइप गाडेर धारा जडान गरेकोले पानी पिउन अयोग्य न भएको हो । ५० फिट भन्दा कम गाडिएका धाराको पानी सेवन गर्न नहुने खानेपानी विज्ञहरु बताउँछन् ।

मुस्लीम फण्डका नाममा जिल्लाका गाउँघरमा सोझासिधा परिवारसँग ५हजारदेखि ८ हजारसम्म पैसा असुलेर धारा गाड्ने काम कस्ले र किन गरिरहेको छ । सोको जानकारी भने कुनै स्थानीय तहका सरकारसँग पनि छैन । जिराभवानी गाउँ पालिका १मा धेरैजसो घरको अगाडि र तरकारीबारीका गरैपिच्छे पानीका धारा गाडिएका छन् । धारामा अरवी अक्षरले लेखिएको छ । खानेपानी सुविधाकोलागि भन्दै निःशुल्क भनिए पनि ५ हजार देखि ८ हजार रुपैंया तिरेर गाडेको धाराको पानी खानयोग्य नभएको स्थानीय जसपाका युवा नेता नेसार समानिले बताउनुभयो ।

जिराभवानी गाउँपालिकाको वडा नंं। ५ को शंकारसरैया स्थित दलित बस्तीमा पाँचवटा घरहरु भएको टोलमा १२ वटासम्म धारा गाडिएका छन् । कम गाडिएका कारण केही धाराबाट पानी आउनै छाडेको छ । पानी आउने कतिपयमा धाराको पानी भने स्थानीयले सेवन गर्दै आएका छन् । तर पनि पानी भने स्वच्छ नभएको समानिले बताउनुभयो ।

फण्डले जडान गरेको धारामा राम्रो र सजिलै पानी नआउने गरेकोे अर्की स्थानीय सुगान्धी देवीले सुनाउनुभयो । ‘धारा गाड्ने मिस्त्रीहरुको समुहले एकदिनमा सातवटासम्म धारा गाडेर गए, उहाँले भन्नुभयो, १५ देखि मुस्किलले ३० फिट सम्म धारा गाडेका छन, अली बढी गाडनु भन्दा मानेन्, पानी त आयो तर राम्रो छैन उहाँले भन्नुभयो । हामीलाई यतिमात्रै गाड्न भनिएको छ भन्दै मिस्त्रीहरु पन्छिएको उहाँले बताउनुभयो । त्यसै कारण अहिले गाउँका धेरै धारा प्रयोग विहिन बनेका छन् । धारा गाड्दा नगद १० हजार खर्च भएको उहाँले सुनाउनुभयो ।

जिराभवानी गाउँपालिका वडा नंं१ कै गम्हरिया बालुवा महादेवपट्टि जगतिया लगायतका स्थानमा मुस्लीम फण्डका धारा गाडिएको जगतियाका रामप्रसाद ओझैया ले बताउनुभयो । धाराका लागि नाम टिपन अर्कै ठाउँका मान्छे आएकाले उनीहरुलाई आफुहरुले नचिन्ने उहाँले बताउनुभयो ।

यता मुस्लीम फण्डबाट भन्दै धमाधम गाउँमा धारा गाडिए पनि स्थानीय सरकार भने बेखबर रहेको छ । धारा गाडने कार्यमा आफुहरुसँग कुनै किसिमको समन्वय नै नभएको जिराभवानी गाउँपालिका १ का वाड अध्यक्ष शेख नुमान आजमले बताउनुभयो । धारा गाडिनु राम्रो भएपनि ती धाराको पानी पिउन योग्य नहुनु चाही नराम्रो भएको उहाँको भनाइ छ । पटेर्वासुगौली गाउँपालिका १ सोनबार्षाका अहमद अन्सारी भन्ने मुस्लीम अगुवाले धारा गाड्ने कामको संयोजन गरिरहेको उहाँले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...