Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

कालिका बानिया निर्माण सेवाको लापरबाही, निर्माण सम्पन्न नहुँदै हस्तान्तरण गरिएको हुलाकी सडकमा धाँजा फाट्यो

spot_img
spot_img

जिराभवानी । निर्माण पूरा नहुँदै नेपाल सरकारलाई हस्तान्तरण गरिएको चमरी ठोरी heaखण्डमा धाँजा फाटेको छ । दुई दिनदेखिको बेमौसमी वर्षाका कारण हुलाकी सडक खण्डमा धाँजा फाटेको हो ।

निर्माण कम्पनीले छिटो सम्पन्न गर्ने बहानामा हतारमा कमसल काम गरेको स्थानीयले आरोप लगाएका छन् । हुलाकी सडकअन्तर्गत पर्साको चमरीहोलदेखि–ठोरीखण्डमा पर्ने ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा बाटो चिरा परेको हो । पुल नजिकै एकातर्फको भाग चिरा परेर भासिन लागेको स्थानीय नातिकाजी सुनारले जानकारी दिए । ‘हुलाकी निर्माण पूरा भयो भनेर हस्तान्तरण भएको दुई महिना बितेको छ, तर धाँजा फाट्न थालिसकेको छ,’ उनले भने, ‘माटो राम्रोसँग पेलेर माथि पिच गर्नुपर्ने त्यसो गरेको रहेनछ, पानी पर्ने बित्तिकै फाटिएको छ ।

बाटो नै अवरुद्ध हुने स्थिति छ । झण्डै १५ मिटरसम्म धाँजा फाटोको उनको भनाइ छ । हुलाकी सडकको दोस्रो प्याकेज अन्तर्गत ३० किमि लामो खण्ड निर्माणको ठेक्का कालिका बानियाँ जेभीले पाएको थियो । २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको काम २०७७ जेठ २ सम्म काम सक्नुपर्ने थियो । लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिना म्याद थपिएको थियो । त्यस अवधिमा पनि ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै सडक हस्तान्तरण गरिएपछि स्थानीयले विरोध गरेका थिए ।

मुआब्जा विवाद, मुआब्जा विवादमा अदालतको स्टे–अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिएको र स्थानीयको अवरोधका कारण काम गर्न नसकेको ठेकेदार कम्पनीले बताउँदै आएको छ । ठुटे खोलामा नेपाल र भारतबीचको कुलोका विषयमा विवाद समाधान हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...