Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026

कालिका बानिया निर्माण सेवाको लापरबाही, निर्माण सम्पन्न नहुँदै हस्तान्तरण गरिएको हुलाकी सडकमा धाँजा फाट्यो

spot_img
spot_img

जिराभवानी । निर्माण पूरा नहुँदै नेपाल सरकारलाई हस्तान्तरण गरिएको चमरी ठोरी heaखण्डमा धाँजा फाटेको छ । दुई दिनदेखिको बेमौसमी वर्षाका कारण हुलाकी सडक खण्डमा धाँजा फाटेको हो ।

निर्माण कम्पनीले छिटो सम्पन्न गर्ने बहानामा हतारमा कमसल काम गरेको स्थानीयले आरोप लगाएका छन् । हुलाकी सडकअन्तर्गत पर्साको चमरीहोलदेखि–ठोरीखण्डमा पर्ने ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा बाटो चिरा परेको हो । पुल नजिकै एकातर्फको भाग चिरा परेर भासिन लागेको स्थानीय नातिकाजी सुनारले जानकारी दिए । ‘हुलाकी निर्माण पूरा भयो भनेर हस्तान्तरण भएको दुई महिना बितेको छ, तर धाँजा फाट्न थालिसकेको छ,’ उनले भने, ‘माटो राम्रोसँग पेलेर माथि पिच गर्नुपर्ने त्यसो गरेको रहेनछ, पानी पर्ने बित्तिकै फाटिएको छ ।

बाटो नै अवरुद्ध हुने स्थिति छ । झण्डै १५ मिटरसम्म धाँजा फाटोको उनको भनाइ छ । हुलाकी सडकको दोस्रो प्याकेज अन्तर्गत ३० किमि लामो खण्ड निर्माणको ठेक्का कालिका बानियाँ जेभीले पाएको थियो । २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको काम २०७७ जेठ २ सम्म काम सक्नुपर्ने थियो । लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिना म्याद थपिएको थियो । त्यस अवधिमा पनि ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै सडक हस्तान्तरण गरिएपछि स्थानीयले विरोध गरेका थिए ।

मुआब्जा विवाद, मुआब्जा विवादमा अदालतको स्टे–अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिएको र स्थानीयको अवरोधका कारण काम गर्न नसकेको ठेकेदार कम्पनीले बताउँदै आएको छ । ठुटे खोलामा नेपाल र भारतबीचको कुलोका विषयमा विवाद समाधान हुन सकेको छैन ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...