वीरगंज। वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार ७७ जनाको पिसिआर विधिबाट स्वाब नमूना परिक्षण गर्दा ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा पर्साका ७ जना, बाराका एक जना, रौतहटका दुई जना र सर्लाहीका एक जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए ।
उनका अनुसार संक्रमित हुनेमा दुई जना महिला र ९ जना पुरुष रहेका छन् । संक्रमितहरु २४ वर्षदेखी ७० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको सिटि भ्यालु २३.६ देखि ३३.६ सम्म रहेको छ । पर्साको संक्रमित हुनेहरुमा वीरगंज महानगरपालिकाको वडा नं. ८ का एक जना, वडा नं. ११ का एक जना, वडा नं. २९ का एक जना, पोखरिया नगरपालिकाको वडा नं. ८ का एक जना, बहुदरमाई नगरपालिका वडा नं. २ का एक जना, पटेर्वा सुगौली वडा नं. ४ का एक जना र जगरनाथपुर गाउँपालिका वडा नं. २ का एक जना रहेको नारायणी अस्पतालले जनाएको छ ।


