Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

गणतन्त्र दिवसमा वीरगंज कारागारबाट १९ कैदी रिहा

वीरगंज ।  गणतन्त्र दिवस २०७८ को अवसरमा वीरगंज कारागारमा कैदी जीवन विताई रहेका १९ जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा जेल जीवन विताई रहेका र आचरण ठीक भएका १९ जनालाई रिहा गरिएको वीरगंज कारागारका प्रमुख कृष्ण गैरेले बताए ।

- Advertisement -

कारागकार प्रशासनले ३१ जनाको सिफारिस गरेकोमा राष्ट्रपतिबाट निणर्य भई कैद सजाय मिनहा भएका १९ जना कैदीबन्दीहरुलाई गणतन्त्र दिवसको अवसरमा वीरगंज कारागारका प्रमुख गैरेले अविर टिका लगाई कारागार मुक्त गरेका थिए ।

न्यूनतम ५० प्रतिशत कैद भुक्तान गरिसकेका र कारागार बस्दा बखत असल आचरणमा कारागार जीवन विताई रहेका ३१ जना कैदीहरुको कैद सजाय मिनहाको लागि वीरगंज कारागारले सिफारिस गरेकोमा राष्ट्रपतिबाट निर्णय भई माफी सजाय मिनहा भएका १९ जना कैदीबन्दीहरुलाई कारागार मुक्त गरिएको वीरगंज कारागार प्रमुख गैरेल जानकारी दिए ।

कारागार मुक्त हुनेहरुमा पर्सा जिल्ला वीरगंज महानगरपालिका – ७ निवासी विक्की महतो, वडा नं। १६ निवासी मख्खु भन्ने शेख समिर, वडा नं। १२ निवासी चिनवा भन्ने समिर अख्तर, वडा नं। ३१ निवासी भरत भण्डारी थारु, पर्सागढी नगरपालिका – ४ निवासी मुन्ना भन्ने रवि कुमार साह कानु, तत्कालीन सुवर्णपुर गाविस – ६ निवासी रामलाल विक, सेढवा गाविस – ५ निवासी वृजविहारी महतो, सुर्जाहा – ७ निवासी हरेन्द्र सहनी रहेका छन् भने बारा जिल्ला कलैया उपमहानगरपालिका – २० बारा निवासी नौसाद मियाँ हजाम, वडा नं। ५ निवासी मुकेश कुमार सर्राफ, महानगढीमाई नगरपालिका – ८ निवासी महेश माझी मुसहर, जितपुर सिमरा उपमहानगरपालिका – ७ निवासी कलाम मियाँ, विश्रामपुर गाउँपालिका – ५ निवासी श्रीलाल प्रसाद साह कानु रहेका छन् ।

यसैगरि रौतहट जिल्ला इशनाथ नगरपालिका – ८ औरैया निवासी धर्मेन्द्र पटेल, सर्लाही जिल्ला तत्कालीन भवानीपुर गाविस – ३ निवासी रामप्रताप सहनी, ठेगाना खुल्न नसकेका जीवन भन्ने रामविश्वास महतो, मकवानपुर छतिवन – ४ निवासी जेठा भन्ने पूर्ण बहादुर विश्वकर्मा, सरिखेत पसासे – ८ निवासी सुमन ब्लोन, ज्ञान बहादुर ब्लोन रहेका छन् ।

कारागार मुक्त भएकाहरुलाई अविर टिका लगाएर विदाई गर्दै कारागार प्रमुख गैरेले विगतका कार्यहरुलाई नदोहर्याइ अबको जीवन एउटा असल इमान्दार र अनुशासित व्यक्ति भएर उदाहारणीय काम गर्न अनुरोध गरेका थिए ।

कारागारमुक्त हुनेहरु सवारी ज्यान मुद्दाका कैदी ४ जना, ज्यान मार्ने उद्योग मुद्दाका कैदी १ जना, कर्तव्य ज्यान मुद्दाका कैदी ४ जना, खोटा चलन मुद्दाका कैदी १ जना, कर्तव्य ज्यान डाँका मुद्दाका कैदी २ जना, कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका कैदी १ जना, गर्भपतन मुद्दाका कैदी १ जना, खुन डाँका ज्यान मार्ने उद्योग मुद्दाका कैदी १ जना, नकवजनी चोरी मुद्दाका कैदी ३ जना तथा दुरसञ्चार प्रणाली मुद्दाका कैदी १ जना रहेका छन् ।

ताजा अपडेट

थप समाचार

वीरगंजकाे ड्राइपाेर्टसहित राजमार्ग र सहायक राजमार्गमा सवारी कर असुलीमा रोक

वीरगंज । वीरगंज महानगरपालिकाकाे राजमार्ग र सहायक राजमार्ग अन्तर्गतकाे सडकमा सवारी करको नाममा हुँदै आएको अवैध असुलीमा उच्च अदालतले रोक लगाएको छ। उच्च अदालत जनकपुरको...

परवानीपुर गोल्डकपमा महिला मैत्रीपूर्ण खेल : वीरगंज युथ एकेडेमी विजयी

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न महिला मैत्रीपूर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ। परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा...

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...