Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

निःशूल्क ई–रिक्सा एम्बुलेन्स सेवाबाट १० दिनमा ५० जना लाभान्वित

spot_img
spot_img

वीरगंज । मारवाडी युवा मञ्च वीरगञ्ज र रेल्वे कटेज वीरगञ्जको सहकार्यमा सञ्चालित निःशूल्क ई रिक्सा एम्बुलेन्स सेवाबाट ५० जनाभन्दा धेरै लाभान्वित भएका छन् । जेठ ४ गते मंगलवारबाट निषेधाज्ञालाई मध्यनजर गर्दै शुरुवात गरिएको सेवाबाट एम्बुलेन्स नपाउने र गरिब तथा विपन्न परिवारहरु लाभान्वित भएका हुन् ।

वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको अस्थाई कोभिड अस्पताल, नारायणी वयोद्या अस्पताल, इण्डो हस्पिटल लगायतका अस्पतालहरुमा ई रिक्सा एम्बुलेन्समार्फत बिरामीलाई लिने काम भइरहेको निःशूल्क ई रिक्सा एम्बुलेन्स सेवाका संयोजक ओमप्रकाश सर्राफले बताए ।

वीरगंज बजार क्षेत्रभित्र एम्बुलेन्स नहुँदा ई रिक्सामै भएपनि अस्पताल लैजान सहज होस् भन्नका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साको सहजिकरणमा सेवा शुरु भएको सर्राफको भनाई छ । स्वयमसेवकहरु सञ्ज्य पटेल, किसन सर्राफ लगायतको सहयोगमा सेवा प्रवाह भइरहेको छ ।

वीरगञ्ज बजार क्षेत्रभित्र एम्बुलेनस नपाए अटोमार्फत अस्पताल जानुपर्ने अवस्था आएमा मोवाइल नम्बर ९८०७१८४८०८ र ९८०४२६४००१ मा सम्पर्क गर्न सर्राफले आग्रह गरे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...