Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

रेडक्रस प्रदेश २ ले गर्‍यो कोभिड व्यवस्थापनमा सहयोग

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी प्रदेश २ को कार्यालयद्वारा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई कोरोना महामारीमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको छ ।

रेडक्रस पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्व एवम् रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममा सो स्वास्थ्य सामग्री हस्तानान्तरण गरिएको हो ।

कोराना महामारी रोगबाट बचन र बचाउनका लागी प्रयोग हुने सर्जिकल मास्क २० हजार पिस, आक्सिजन कन्सनटेटर–३ सेट, व्यक्तिगत सुरक्षा सुट पि.पि.ई–५० सेट लगायतका करिब ८ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर घिमिरेलाई हस्तानान्तरण गरिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले बताए ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले स्वास्थ्य सामाग्री हस्तान्त्रण निकै स्रहानिय रहेको बताउँदै यस महामारीको समयमा समेत रक्तदान गराई विरामीहरुको लागि रगतपुर्ति, एम्बुलेन्स सेवा, जनचेतना साथै विभिन्न कार्य गर्दै आएको कार्य प्रशंसनिय रहेको बताए ।

विगतको लामो समय देखी जहाँ दुख त्यहा रेडक्रस भन्ने नाराका साथ मानवीय सेवा कार्यमा रेडक्रसको ठुलो सहयोग र योगदान हुदै आएको साथै कोरोना महामारीको पहिलो लहरमा समेत देशव्यापी गरिएको कार्य झै कोरोनाको दोश्रो लहरमा समेत हाम्रो हातेमालो रहिरहनेछ साथै विभिन्न कार्यमा सहयोग गरिनेछ भन्ने कुरा रेडक्रस पर्साका सभापति विरेन्द्र कंडेलले अध्यक्ष घिमिरेलाई जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएको स्वास्थ्य सामग्री हस्तान्त्रण कार्यक्रममा रेडक्रस प्रदेश २ का अधिकृत उमेश मिश्र, सुर्दशन श्रेष्ट, पर्सा रेडक्रसका लेखाअधिकृत विरशम्सेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, महम्मद आलम, मन्ताज मियाँ, लक्ष्मीनारायण रावत लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...