Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

रेडक्रस प्रदेश २ ले गर्‍यो कोभिड व्यवस्थापनमा सहयोग

वीरगंज । नेपाल रेडक्रस सोसाइटी प्रदेश २ को कार्यालयद्वारा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई कोरोना महामारीमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको छ ।

- Advertisement -

रेडक्रस पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्व एवम् रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममा सो स्वास्थ्य सामग्री हस्तानान्तरण गरिएको हो ।

कोराना महामारी रोगबाट बचन र बचाउनका लागी प्रयोग हुने सर्जिकल मास्क २० हजार पिस, आक्सिजन कन्सनटेटर–३ सेट, व्यक्तिगत सुरक्षा सुट पि.पि.ई–५० सेट लगायतका करिब ८ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर घिमिरेलाई हस्तानान्तरण गरिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले बताए ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले स्वास्थ्य सामाग्री हस्तान्त्रण निकै स्रहानिय रहेको बताउँदै यस महामारीको समयमा समेत रक्तदान गराई विरामीहरुको लागि रगतपुर्ति, एम्बुलेन्स सेवा, जनचेतना साथै विभिन्न कार्य गर्दै आएको कार्य प्रशंसनिय रहेको बताए ।

विगतको लामो समय देखी जहाँ दुख त्यहा रेडक्रस भन्ने नाराका साथ मानवीय सेवा कार्यमा रेडक्रसको ठुलो सहयोग र योगदान हुदै आएको साथै कोरोना महामारीको पहिलो लहरमा समेत देशव्यापी गरिएको कार्य झै कोरोनाको दोश्रो लहरमा समेत हाम्रो हातेमालो रहिरहनेछ साथै विभिन्न कार्यमा सहयोग गरिनेछ भन्ने कुरा रेडक्रस पर्साका सभापति विरेन्द्र कंडेलले अध्यक्ष घिमिरेलाई जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएको स्वास्थ्य सामग्री हस्तान्त्रण कार्यक्रममा रेडक्रस प्रदेश २ का अधिकृत उमेश मिश्र, सुर्दशन श्रेष्ट, पर्सा रेडक्रसका लेखाअधिकृत विरशम्सेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, महम्मद आलम, मन्ताज मियाँ, लक्ष्मीनारायण रावत लगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

थप समाचार

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...

पर्सामा अवैध ईभी स्कुटरमाथि प्रहरी कडाइ, दुई दिनमै ३५ वटा नियन्त्रणमा

वीरगंज । भारतबाट खरिद गरी नम्बर प्लेटबिना सञ्चालनमा रहेका ईभी (इलेक्ट्रिक) स्कुटरमाथि पर्सा प्रहरीले कडाइ सुरु गरेको छ। पछिल्ला दिनहरूमा नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले...

पोखरिया बजारमा ट्राफिक सचेतना कार्यक्रम, विभिन्न स्थानमा बोर्ड राखियाे

वीरगंज । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले पर्साको पोखरिया बजारमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत शनिबार इलाका प्रहरी कार्यालय...