वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा १ सय ७७ जनाको आरटी–पिसिआर प्रविधिबाट थ्रोट स्वाबलाई परिक्षण गर्दा ४२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १५ जना महिला रहेका छन् २७ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेमा २५ जना पर्सा, ११ जना बारा, ३÷३ जना सर्लाही र रौतहट र १ जना काठमाडौँको रहेको नारायणी अस्पतालले जनाएको छ । संक्रमित हुनेमा ११ वर्षदेखि ८६ वर्ष उमेर समूहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १७.५ देखि ३५.३ सम्म रहेको अस्पतालले जनाएको छ ।


