Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

डीएसपीले मेडिकल कर्मचारीलाई कुटपिट गरेको सम्बन्धमा छानबिन सुरु

वीरगंज । वीरगंज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको एक सर्जिकल पसलका कर्मचारीमाथि डीएसपी प्रह्लाद कार्कीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रदेश २ प्रहरी कार्यालयले छानबिनका लागि समिति गठन गरेको छ ।

- Advertisement -

प्याथो सर्जिकल हाउसका कर्मचारी अफरोज अहमदमाथि डीएसपी कार्कीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको हो । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको छ । छानबिनका क्रममा प्रहरीको गल्ती पाइए प्रहरी नियमावली बमोजिम कारबाही गरिने प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्कीले बुधबार बिहान उक्त सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अहमदलाई कुटपिट गरेका थिए । सर्जिकल हाउसको छेउमै रहेको किराना पसल प्रहरीले बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको भन्दै कुटपिट गरिएको हो ।

अहमदमाथिको कुटपिट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि डीएसपी कार्कीमाथि कारबाहीको माग उठेको थियो । लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइलसमेत डीएसपीले खोसेर लगेको पटेलले बताए ।

ताजा अपडेट

थप समाचार

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...

पर्सामा अवैध ईभी स्कुटरमाथि प्रहरी कडाइ, दुई दिनमै ३५ वटा नियन्त्रणमा

वीरगंज । भारतबाट खरिद गरी नम्बर प्लेटबिना सञ्चालनमा रहेका ईभी (इलेक्ट्रिक) स्कुटरमाथि पर्सा प्रहरीले कडाइ सुरु गरेको छ। पछिल्ला दिनहरूमा नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले...