Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

डीएसपीले मेडिकल कर्मचारीलाई कुटपिट गरेको सम्बन्धमा छानबिन सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको एक सर्जिकल पसलका कर्मचारीमाथि डीएसपी प्रह्लाद कार्कीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रदेश २ प्रहरी कार्यालयले छानबिनका लागि समिति गठन गरेको छ ।

प्याथो सर्जिकल हाउसका कर्मचारी अफरोज अहमदमाथि डीएसपी कार्कीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको हो । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको छ । छानबिनका क्रममा प्रहरीको गल्ती पाइए प्रहरी नियमावली बमोजिम कारबाही गरिने प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्कीले बुधबार बिहान उक्त सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अहमदलाई कुटपिट गरेका थिए । सर्जिकल हाउसको छेउमै रहेको किराना पसल प्रहरीले बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको भन्दै कुटपिट गरिएको हो ।

अहमदमाथिको कुटपिट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि डीएसपी कार्कीमाथि कारबाहीको माग उठेको थियो । लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइलसमेत डीएसपीले खोसेर लगेको पटेलले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...