Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

निषेधाज्ञा उलंघन गर्दै ओलीको समर्थनमा प्रदर्शन

वीरगंज । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञाको उलंघन गरेर वीरगंजमा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । नेकपा एमाले पर्साका नेताहरुले नागरिकता सम्वन्धी अध्यादेशको पक्षमा निषेधाज्ञा उलंघन गर्दै जुलुस प्रदर्शन गरेका हुन् ।

- Advertisement -

एमाले नेता बलिराम साहको नेतृत्वमा भएको प्रर्दशनमा नागरीकता बिरोधी नेता चाहिदैन, भिम रावल मुर्दावाद, नागरीकता अध्यादेश बिरोधी होसियार, राष्ट्रिय एकता जिन्दाबाद, ओली सरकार जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

जुलुस प्रदर्शन वीरगंजको मुर्लिचौक देखि नेशनल ट्रेडिङसम्म गरिएको थियो । सो अवसरमा संबिधान सभा सदस्य ईस्माईल हवारी, छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ता, नेता योगेन्द्र साह लगायतको सहभागीता रहेको थियो ।

                                                               राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


यस्तै पर्सामा जारी निषेधाज्ञाका बिच प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्धमा विद्यार्थी संगठनहरुले बिहीबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर १४ चिनीमिल आवासक्षेत्र अगाडि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाल कांग्रेस निकट नेपाल विद्यार्थी संघले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलम र नेविसंघका कार्यवाहक अध्यक्ष विकेस पटेलको नेतृत्वमा रहेका विद्यार्थीहरुले नारावाजी गर्दै पुत्ला जलाएका हुन् । असंवैधानिक कदमको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको जनाएका छन् । उनीहरुले सडकमा नारावाजी सहित जुलुश प्रदर्शन गरेका छन् ।

जुलुश प्रदर्शनमा अखिल क्रान्तिकारीका पर्सा अध्यक्ष कविराज पटेल, सदस्य रामबाबु मण्डल, महानगर अध्यक्ष विवेक साह लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

थप समाचार

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...

पर्सामा अवैध ईभी स्कुटरमाथि प्रहरी कडाइ, दुई दिनमै ३५ वटा नियन्त्रणमा

वीरगंज । भारतबाट खरिद गरी नम्बर प्लेटबिना सञ्चालनमा रहेका ईभी (इलेक्ट्रिक) स्कुटरमाथि पर्सा प्रहरीले कडाइ सुरु गरेको छ। पछिल्ला दिनहरूमा नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले...