Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

संकटको घडीमा बढी शुल्क लिने अस्पताललाई कारवाही गरिने नगर प्रमुख सरावगीको चेतावनी

वीरगन्ज । वीरगन्ज महानगर पालिकाले कोरोना महामारीको संकटमा मनोमानी ढंगले शुल्क नलिन सचेत गराएको छ । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार विज्ञप्ति जारी गर्दै वीरगंजमा रहेका केही निजी अस्पतालले कोरोना संक्रमितको उपचार वापत लिने शुल्कको विषयलाई लिएर विभिन्न संचार माध्यम र समाजिक सञ्जालहरुमा उठाइएको विषय प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

- Advertisement -

समुदायस्तरमा फैलिएको कोभिड संक्रमणका कारण जनजीवन नै संकटमा पुगेको अवस्थामा कोरोना संक्रमितहरुको उपचारका लागि निजी अस्पतालले लिने शुल्कका वारेमा नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी रकम विरामीसँग असुल गरेको पाइएमा कानुन वमोजिम कार्वाही हुने हुदाँ संकटको घडिमा अप्ठारोमा परेको नागरिकसँग मनोमानी रुपमा रकम नलिन वीरगंज महानगरपालिका निजी अस्पताल संचालकलाई सचेततापूर्वक अग्रह गरेको छ ।

कोभिड नियन्त्रणका लागि एकीकृत रुपमा संघीय सरकारले नै कानुन निर्माण गरी जिल्ला तहमा जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (म्ऋऋःऋ) मार्फत निर्णय गरिने व्यवस्था अनुसार नै अस्पतालमा विरामीको उपचार र त्यसको व्यवस्थापनका सन्दर्भमा समेत सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएकोे र हालै विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा उठाइएका विषयमा अनुगमन गरि कानुन विपरित शुल्क उठाईएको पाइएमा त्यस्ता अस्पताललाई कार्वाहीको दायरामा ल्याईने पनि महानगर प्रमुख सरावगीले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण समुदाय नै अप्ठारोमा परेको स्थितिमा मानवीय सेवाको उच्च भावनाले काम गर्न र संक्रमित विरामीको उपचारमा संवेदनशील भइदिन वीरगंजमा संचालित सम्र्पूण अस्पताल संचालकहरुसँग वीरगंज महानगरपालिकाले अपिल गरेको छ ।

अहिले एकले, अर्कोलाई सहयोगको हात अगाडी बढाउनु पर्ने अवस्था रहेको र वीरगंजमा विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरुले समेत कोभिड संक्रमणबाट संक्रमितहरु र अप्ठारोमा परेका परिवारहरुलाई सहयोग गर्न हातेमालो गरि रहेको अवस्थालाई समेत मध्यनगर गर्दै अस्पतालबाट गरिने सेवामा पनि यस्तै भावना प्रकट हुने विश्वास वीरगंज महानगरपालिकाले लिएको महानगर प्रमुख सरावगीले बताउनु भएको छ ।

जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकार (वीरगंज महानगरपालिका)ले नागरिक स्तरबाट उठाईएका सकरात्मक र रचनात्मक सुझावलाई सदैव आत्मसाथ गर्नेमा विश्वस्त रहन पनि आग्रह गर्नुभएको छ ।

 

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...