Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

भिस्वा निवासी झोटी एक हप्तादेखी सम्पर्क बिहिन

भिस्वा ।  पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी एक बृद्ध एक हप्तादेखी सम्पर्क बिहिन भएका छन् । भिस्वा निवासी ७२ बर्षीय झोटी महतो कोईरी बैशाख ५ गतेदेखी घरपरिवारबाट सम्पर्क बिहिन भएका हुन ।

- Advertisement -

बैशाख ५ गते आईतबार दिउसो घर बाहिर निस्केका झोटी एक हप्तासम्म घर नफर्केपछि उनका परिवार चिन्तित भएका छन् । झोटी आईतबार साझसम्म घरमा नफर्किपछि उनका परिवारले आफन्त जन कहाँ पता लगाउँदा समेत त्यहाँ पनि उनी नभएका कारण चिन्तित भएका हुन ।

उनका छोरा दिनेश कुशवाहाले बुवा बहिनीको घरमा गएको हुन सक्ने अनुमानमा हामीले यत्रो दिनसम्म खोजीकार्य नगरेको बताए । उनले एक हप्तासम्म पनि बुवा घर नफर्किएपछि उनको खोजी कार्यमा लागेको बताए ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...