Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पत्रकार महासंघ पर्साको पहिलो बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक समपन्न भएको छ । महासंघ पर्साको भवनमा बसेको बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्वाचन शान्तिपुर्ण रुपमा समपन्न गराएकोमा निर्वाचन समिति तथा महासंघ सदस्यहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले नव निर्वाचित शाखाको खाता सञ्चालनका लागी अध्यक्ष, सचिव र अनिवार्य कोषाध्यक्षको हस्ताक्षर रहने गरी खाता सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

यसका साथै बैठकले दोस्रो चरणको कोरोना महामारीमा संक्रमित हुने सञ्चारकर्मीको उपचार तथा कोभिडका कारण हुने विभिन्न समस्यालाई ध्यानमा राखि राहत, उद्धार तथा सहयोगका लागि महासंघका कोषाध्यष संजिव मिश्राको संयोजकत्वमा ५ सदस्यि नेपाल पत्रकार महासंघ कोभिड एक्सन टिम गठन गरेको कार्यसमिति सदस्य नरेश सर्राफले बताए ।

समितिको सदस्याहरु शाखाका सदस्य तिवारी यादव, श्याम कुशवाहा, कविता खड्का र अजय चौरसिया रहेका छन् । बैठकले कोरोना संक्रमण बढ्दै गएको र आवश्यक उपचार तथा परिक्षणको अभाव देखिएका कारण सो प्रति जिम्मेवार बन्न स्थानीय सरकार र स्थानिय प्रशासन लगायतका सरोकारवालालाई यथाशिघ्र यसको उचित व्यवस्थापन तर्फ जिम्मेवार हुन आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...