वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक समपन्न भएको छ । महासंघ पर्साको भवनमा बसेको बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्वाचन शान्तिपुर्ण रुपमा समपन्न गराएकोमा निर्वाचन समिति तथा महासंघ सदस्यहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले नव निर्वाचित शाखाको खाता सञ्चालनका लागी अध्यक्ष, सचिव र अनिवार्य कोषाध्यक्षको हस्ताक्षर रहने गरी खाता सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
यसका साथै बैठकले दोस्रो चरणको कोरोना महामारीमा संक्रमित हुने सञ्चारकर्मीको उपचार तथा कोभिडका कारण हुने विभिन्न समस्यालाई ध्यानमा राखि राहत, उद्धार तथा सहयोगका लागि महासंघका कोषाध्यष संजिव मिश्राको संयोजकत्वमा ५ सदस्यि नेपाल पत्रकार महासंघ कोभिड एक्सन टिम गठन गरेको कार्यसमिति सदस्य नरेश सर्राफले बताए ।
समितिको सदस्याहरु शाखाका सदस्य तिवारी यादव, श्याम कुशवाहा, कविता खड्का र अजय चौरसिया रहेका छन् । बैठकले कोरोना संक्रमण बढ्दै गएको र आवश्यक उपचार तथा परिक्षणको अभाव देखिएका कारण सो प्रति जिम्मेवार बन्न स्थानीय सरकार र स्थानिय प्रशासन लगायतका सरोकारवालालाई यथाशिघ्र यसको उचित व्यवस्थापन तर्फ जिम्मेवार हुन आग्रह गरेको छ ।


