Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

औलो दिवसमा पत्रकारसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । स्वास्थ्य कार्यालय पर्साले विश्व औलो दिवसको अवसरमा आईतबार पत्रकारसंग अन्तरक्रिया गरको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले नेपाललाई सन् २०२५ सम्म औलो रोग शुन्यमा पु¥याउने लक्ष्य रहेको बताए । उनले सबै सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको जाँच तथा उपचार निःशुल्क प्राप्त गर्न सकिने बताए ।

औलोको औषधी सेवन गरेको केही दिनमै औलो बिरामीले निको भएको महशुस गर्न थाल्दछ बताउँदै बिरामीको शरीरभित्र भएको औलोको प्रजिवी पूर्ण रुपमा नष्ट गराउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित रुपमा सबै औषधी सेवन गरे मात्र यो रोग पूर्ण रुपमा निको हुने बताए ।

प्रमुख चौरसियाले अहिले दोस्रो चरणको कोरोना महामारीको समय भएकोले जनस्वास्थ्यको मापदण्ड पाल्ना गर्नु पर्ने बताए । उनले जनस्वास्थ्यको मापदण्ड मात्रै पाल्ना गरिदिए भने धेरै हदसम्म कोरोना संक्रमणबाट बाँच्न सकिने बताए ।

स्वाथ्य निरिक्षक जयमोद ठाकुरले औलोको टेस्ट सबै सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क हुने गरेको बताए ।  उनले औलो सम्बन्धी एक प्रस्तुती राख्दै औलोबाट बच्न सुत्ने बेलामा सधै झुलभित्र सुत्ने, लामखुट्टेको टोकाईबाट बच्न हात खुट्टा छोपिने गरि पुरा बाहुला भएको लुगा लगाउन, शरीरको खुल्ला भागमा लामखुट्टा भगाउने मलम लगाएर लामखुट्टको टोकाईबाट बच्न सकिने, घरभित्र, बाहिर, आङ्गनमा बस्दा लामखुट्टे भगाउन धुप प्रयोग गर्न लगायतका सवधानी अपनाउनु पर्नेु बताए ।

उनले औलेको मुख्य लक्ष्णहरु दिन बिराएर वा दिनहु ज्वरो आउनु, काम ज्वरो आउनु, पसिना आउनु, टाउको बेसरी दुख्नु र वाकवाकी वा बान्ता हुनु रहेको बताए । प्रमुख चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सचिव भुषण यादव, स्वास्थ्य कार्यालय पर्साका अनिल कुमार सिंह, मोहनलाल साह लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम स्वास्थ्य कार्यालय पसाको तालिम हलमा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...