Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

औलो दिवसमा पत्रकारसंग अन्तरक्रिया

वीरगंज । स्वास्थ्य कार्यालय पर्साले विश्व औलो दिवसको अवसरमा आईतबार पत्रकारसंग अन्तरक्रिया गरको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले नेपाललाई सन् २०२५ सम्म औलो रोग शुन्यमा पु¥याउने लक्ष्य रहेको बताए । उनले सबै सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको जाँच तथा उपचार निःशुल्क प्राप्त गर्न सकिने बताए ।

- Advertisement -

औलोको औषधी सेवन गरेको केही दिनमै औलो बिरामीले निको भएको महशुस गर्न थाल्दछ बताउँदै बिरामीको शरीरभित्र भएको औलोको प्रजिवी पूर्ण रुपमा नष्ट गराउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित रुपमा सबै औषधी सेवन गरे मात्र यो रोग पूर्ण रुपमा निको हुने बताए ।

प्रमुख चौरसियाले अहिले दोस्रो चरणको कोरोना महामारीको समय भएकोले जनस्वास्थ्यको मापदण्ड पाल्ना गर्नु पर्ने बताए । उनले जनस्वास्थ्यको मापदण्ड मात्रै पाल्ना गरिदिए भने धेरै हदसम्म कोरोना संक्रमणबाट बाँच्न सकिने बताए ।

स्वाथ्य निरिक्षक जयमोद ठाकुरले औलोको टेस्ट सबै सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क हुने गरेको बताए ।  उनले औलो सम्बन्धी एक प्रस्तुती राख्दै औलोबाट बच्न सुत्ने बेलामा सधै झुलभित्र सुत्ने, लामखुट्टेको टोकाईबाट बच्न हात खुट्टा छोपिने गरि पुरा बाहुला भएको लुगा लगाउन, शरीरको खुल्ला भागमा लामखुट्टा भगाउने मलम लगाएर लामखुट्टको टोकाईबाट बच्न सकिने, घरभित्र, बाहिर, आङ्गनमा बस्दा लामखुट्टे भगाउन धुप प्रयोग गर्न लगायतका सवधानी अपनाउनु पर्नेु बताए ।

उनले औलेको मुख्य लक्ष्णहरु दिन बिराएर वा दिनहु ज्वरो आउनु, काम ज्वरो आउनु, पसिना आउनु, टाउको बेसरी दुख्नु र वाकवाकी वा बान्ता हुनु रहेको बताए । प्रमुख चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सचिव भुषण यादव, स्वास्थ्य कार्यालय पर्साका अनिल कुमार सिंह, मोहनलाल साह लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम स्वास्थ्य कार्यालय पसाको तालिम हलमा भएको थियो ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...