Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

प्याब्सन पर्साद्वारा एसईईको टेस्ट परिक्षा पनि स्थगित

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) को अभ्यास (टेस्ट) परिक्षा स्थगित गरेको छ । जिल्लामा बढ्दो कोरोनाभाइरस सङ्क्रमणको दरलाई ध्यानमा राखेर बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन एसईई टेस्ट परिक्षा स्थगित गरिएको प्याब्सन पर्साले जनाएको छ ।

प्याब्सन वीरगंज अध्यायका अध्यक्ष आलोककुमार चौरसियाले अर्को सूचना जारी नभएसम्मका लागि लिन बाकी रहेका विषयहरुको परिक्षा स्थगित गरिएको जानकारी दिए । प्याब्सन आबद्ध विद्यालयहरुको आकस्मिक बैठकले बाकी रहेका विषयहरुको परिक्षा अर्को सूचना जारी नभएसम्मका लागी एसईई टेस्ट परिक्षा स्थगित गरेको चौरसियाले बताए । चौरसियाले सबै अभिभावकलाई बालबालिकालाई कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सुरक्षित तरिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै घर भित्र राख्न आग्रहसमेत गरेका छन् ।

पर्सामा चैतको अन्तिम सातादेखि कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि अभिभावकले विद्यालय बन्द गर्नदेखि परिक्षासमेत स्थगित गर्न माग गर्दै आएका थिए । सोही माग अनुसार परिक्षा स्थगित गरिएको चौरसियाले बताए । पर्साको वीरगंज महानगरपालिकाले यसअघिनै कक्षा ९ सम्मको सबै परिक्षा स्थगित गरेको छ ।

महानगरपालिकाको शैक्षिक विकास महाशाखाले आइतबार एउटा सूचना जारी गर्दै नगरका सम्पूर्ण सामुदायिक र संस्थागत (निजि) विद्यालयहरुलाई कक्षा ९ सम्मको परिक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्न निर्देशन दिएको थियो । महानगरपालिकाले सञ्चालन गर्ने कक्षा ८ को परिक्षा पनि स्थगित गर्न निर्णय भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहहरुले भने परिक्षाको सम्बन्धमा कुनै निर्णय गर्न सकेका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...