वीरगंज । ईलाका प्रहरी कार्यालय प्रसौनी बारा र स्वच्छ समाज युवा क्लबको सहकार्यमा शनिबार गण्डक चौकमा निःशुल्क माक्स वितरण गरिएको छ ।

दोस्रो चरणको कोरोना भाइरस तिब्र गतिले बढदै गएको र यस्तो संकटको घडीमा बाँच्नको निम्ति गण्डक चौकमा सवारी चालक, सर्वसाधाण, यात्रु लगायतलाई २ सयभन्दा बढि माक्स वितरण गरिएको हो । यसका साथै सबै यात्रु, स्थानिय लगायतका सर्वसाधाण जनतालाई इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक विन्देशवर यादवको नेतृत्वमा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रहसमेत गरिएको थियो ।
सो अवसरमा प्रहरी निरिक्षक यादवले आफ्नो ईलाकालाई शान्ति सुरक्षाको साथै यो महामारीबाट वचन सक्ने हरेक उपाएको साथ काम गर्ने प्रतबद्धता जाहेर गरेका थिए । उनले स्वच्छ समाज युवा क्लबलाई सहकार्यको लागी धन्यवाद दिदै आउने दिनमा सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता जनाए ।
यसैगरी क्लबका अध्यक्ष भूपेन्द्र पटेलले आफूहरु निरन्तर सामाजिक कार्य गर्दै आएको र आउने दिनमा कोरोना भाइरसलाई लक्षितगरी छुटै किसिमको स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने जानकरी दिए ।
यस्तै परवानीपुर गाउँपालिकाका कार्यपालिका सदस्य सञ्जु साहले प्रहरी प्रशासन र सामुदायिक क्लबको सहकार्यमा आफू हरसम्भव साथ दिन तयार रहेको बताए ।
माक्स वितरण कार्यक्रममा क्लबका उपाध्यक्ष उमेश साह कानु, सचिव त्रिलोक प्रताप सिंह, कोषाध्यक्ष मुस्तुफा आलम, सदस्यहरुमा सरोज यादव, प्रमोद यादव, अखिल पटेल, दरोगा यादव, इलाका प्रहरी कार्यालय प्रसाउनिका सइ राजकिशोर प्रसाद यादव, असई सुरेन्द्र हजरा, प्रहरी हवल्दार राजकिशोर यादव , दिनेश राम लगायतको सहभागिता रहेको थियो ।


