Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सानो पाइलाद्वारा कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

spot_img
spot_img

वीरगंज  । सामुदायिक संस्था सानो पाइलाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोनाभाइरसको जोखिम न्युन राख्न प्रयोग हुने उपकरणहरु संस्थाले केन्द्रलाई उपलब्ध गराएको हो । संस्थाले कोभिड टेस्टिंग बुथ १ थान, थर्मल गन २ थान, एन ९५ मास्क ५० पिस, सर्जिकल मास्क १ सय पिस, फेस शिल्ड २० पिस, ग्लोब्स् २ सय पिस, १० पिस प्रोटेक्टीभ ग्लासेस लगायतका सामगीहरु उपलब्ध गराइएको हो ।

संस्थाका सञ्चालन प्रमुख जय साहले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई कोरोना न्युनिकरणमा प्रयोग हुने सामाग्रीहरु हस्तान्तरण गरेका थिए । डिसिसिएमसिको आग्रहमा सिमानामा स्वास्थ्य परिक्षणमा सहजताका लागि उपकरणहरू उपलब्ध गराइएको सञ्चालन प्रमुख साहले बताए ।

सहायक प्रमुख जिल्ल अधिकारी पौडेलले संस्थाले उपलब्ध गराएको सामाग्रीले भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य परिक्षणमा सहज हुने विश्वास व्यक्त गरे ।

संस्थाले उपलब्ध गराएको टेस्टिंग बुथ स्वाब संकलनका लागि पनि उपयोगि हुने पौडेलको दावी छ । टेस्टिंग बुथबाट स्वाब संकलन गर्दा संक्रमणको सम्भावना न्युन हुने संस्थाका स्रोत परिचालन प्रमुख भाजु पटेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...