Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

सानो पाइलाद्वारा कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

वीरगंज  । सामुदायिक संस्था सानो पाइलाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोनाभाइरसको जोखिम न्युन राख्न प्रयोग हुने उपकरणहरु संस्थाले केन्द्रलाई उपलब्ध गराएको हो । संस्थाले कोभिड टेस्टिंग बुथ १ थान, थर्मल गन २ थान, एन ९५ मास्क ५० पिस, सर्जिकल मास्क १ सय पिस, फेस शिल्ड २० पिस, ग्लोब्स् २ सय पिस, १० पिस प्रोटेक्टीभ ग्लासेस लगायतका सामगीहरु उपलब्ध गराइएको हो ।

- Advertisement -

संस्थाका सञ्चालन प्रमुख जय साहले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई कोरोना न्युनिकरणमा प्रयोग हुने सामाग्रीहरु हस्तान्तरण गरेका थिए । डिसिसिएमसिको आग्रहमा सिमानामा स्वास्थ्य परिक्षणमा सहजताका लागि उपकरणहरू उपलब्ध गराइएको सञ्चालन प्रमुख साहले बताए ।

सहायक प्रमुख जिल्ल अधिकारी पौडेलले संस्थाले उपलब्ध गराएको सामाग्रीले भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य परिक्षणमा सहज हुने विश्वास व्यक्त गरे ।

संस्थाले उपलब्ध गराएको टेस्टिंग बुथ स्वाब संकलनका लागि पनि उपयोगि हुने पौडेलको दावी छ । टेस्टिंग बुथबाट स्वाब संकलन गर्दा संक्रमणको सम्भावना न्युन हुने संस्थाका स्रोत परिचालन प्रमुख भाजु पटेलले जानकारी दिए ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...