वीरगंज । स्वतन्त्र समाज नेपालको आयोजनामा शनिबार वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सचिब रबी वर्णवालको संयोजकत्वमा भएको कार्यक्रममा एक महिलासहित ६५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक सुमन कार्की, अनिल प्रसाद गुप्ता, जित वर्णवाल, निरन्जन राउत, अभिषेक पटेल, भोला प्रसाद यादव, राहुल तामांग, विवेक लामिछाने, बिकास चौधरी लगायतले रक्तदान गरेका थिए ।
वीरगंज महानगर पालिकाको सह–आयोजनामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ती कार्की, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुमन कार्की, सामाजिक अभियानता प्रकाश थारु, युवा अभियानता दिलिपराज कार्की, संस्थाका अध्यक्ष कन्हैयालाल झा, सहसचिब नितेश वर्णवाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेशनल गेम करातेमा पर्सा जिल्लाबाट प्रथम र द्वितिय स्थान हाँसिल गरेका २ जना कराते खेलाडीहरुलाई सम्मानसमेत गरिएको थियो ।


