Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा थप ९० जनामा कोरोना संक्रमण

spot_img
spot_img

वीरगंज ।पर्सामा थप ६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायाणी अस्पतालको प्रयोगशालामा १४० जनाको स्वाबको नमूना आरटी पिसिआर बिधिबाट परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ६५

जना, बाराका २२ जना र रौतहटका ३ जना रहेको अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासले बताए । उनका अनुसार संक्रमित हुनेमा ६६ जना पुरुष र २४ महिला रहेका छन् । संक्रमित हुनेहरु ५ बर्षीय बालकदेखी ७७ बर्षीय बृद्धसम्म रहेका छन् । उनीहरुको सिटी भ्यालु १४ देखी ३५ सम्म रहेको छ ।

पर्साको कालिकामाई गाउँपालिकाका वडा नं. ४ का एक जना, बहुदरमाई नगरपालिका वडा नं. ३ का एक जना, धोबिनी गाउँपालिका वडा नं. ५ का एक जना संक्रमित भएका छन् भने अन्य संक्रमितहरु वीरगंज महानगरपालिकाको वडा नं.२, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २४ र ३१ का रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...