Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

वीरगंजमा थप ९० जनामा कोरोना संक्रमण

वीरगंज ।पर्सामा थप ६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायाणी अस्पतालको प्रयोगशालामा १४० जनाको स्वाबको नमूना आरटी पिसिआर बिधिबाट परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ६५

- Advertisement -

जना, बाराका २२ जना र रौतहटका ३ जना रहेको अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासले बताए । उनका अनुसार संक्रमित हुनेमा ६६ जना पुरुष र २४ महिला रहेका छन् । संक्रमित हुनेहरु ५ बर्षीय बालकदेखी ७७ बर्षीय बृद्धसम्म रहेका छन् । उनीहरुको सिटी भ्यालु १४ देखी ३५ सम्म रहेको छ ।

पर्साको कालिकामाई गाउँपालिकाका वडा नं. ४ का एक जना, बहुदरमाई नगरपालिका वडा नं. ३ का एक जना, धोबिनी गाउँपालिका वडा नं. ५ का एक जना संक्रमित भएका छन् भने अन्य संक्रमितहरु वीरगंज महानगरपालिकाको वडा नं.२, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २४ र ३१ का रहेका छन् ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...