Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्साका ७९ सहित थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज  । नारायणी अस्पतालमा १ सय ९२ जना को थ्रोट स्वाबलाई आरटी–पिसिआर प्रविधिबाट परिक्षण गर्दा ८८ जना कोरोनाभाइरसका सङ्क्रमित भेटिएका छन् ।

नारायणी अस्पतालले उपलब्ध गराएको विवरण अनुसार पर्सा, बारालगायतका जिल्लाहरुबाट आएका व्यक्तिहरुको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका ७९ जनासहित ८८ जनमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा २४ जना महिलापनि रहेका छन् ।

त्यसैगरी बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १÷१ जनामा पनि सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिए । डा. दास अनुसार पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये फेरीपनि अधिकान्स वीरगंज महानगरपालिकाका बासिन्दा छन् ।

पर्साको बहुदारमाई नगरपालिकाका ३ जना बाहेक अन्य ७६ जना वीरगंज महानगरको विभिन्न वडाका बासिन्दा रहेका उनले बताए । सङ्क्रमण पुष्टि भएका ७९ जनामा ४ वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धपनि रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३४ सम्म रहेको डा. दासले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...