वीरगंज । नारायणी अस्पतालमा १ सय ९२ जना को थ्रोट स्वाबलाई आरटी–पिसिआर प्रविधिबाट परिक्षण गर्दा ८८ जना कोरोनाभाइरसका सङ्क्रमित भेटिएका छन् ।

नारायणी अस्पतालले उपलब्ध गराएको विवरण अनुसार पर्सा, बारालगायतका जिल्लाहरुबाट आएका व्यक्तिहरुको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका ७९ जनासहित ८८ जनमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा २४ जना महिलापनि रहेका छन् ।
त्यसैगरी बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १÷१ जनामा पनि सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिए । डा. दास अनुसार पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये फेरीपनि अधिकान्स वीरगंज महानगरपालिकाका बासिन्दा छन् ।
पर्साको बहुदारमाई नगरपालिकाका ३ जना बाहेक अन्य ७६ जना वीरगंज महानगरको विभिन्न वडाका बासिन्दा रहेका उनले बताए । सङ्क्रमण पुष्टि भएका ७९ जनामा ४ वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धपनि रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३४ सम्म रहेको डा. दासले बताए ।


