Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजको विभिन्न वडामा माओबादीको कमिटी गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरको विभिन्न वडामा नेकपा (माओबादी केन्द्र) को वडा कमिटी गठन भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १४,१६,२० र ३२ मा वडा कमिटी गठन भएको हो । वीरगंज महानगरपालिकाको वडा नं. १६ मा बुधबार भएको नेकपा (माओबादी केन्द्र)को वडा भेलाले सुरेश रामको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ ।

माओबादीका प्रदेश नं. २ का प्रदेश समिति सदस्य रामदरश कुशवाहा, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जिल्ला सदस्य सलाम अंसारी, प्रभु यादव, राजु बैठा, रुपनरायन सिंह, टुनटुन तिवारी लगायतको विशेष उपस्थितीमा वडा कमिटी गठन भएको अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज महमद जुबेर आलमले वताए ।

यस्तै, यस अघि वीरगंज महानगरपालिकाको वडा नं.१४ मा महेश पतेलको अध्यक्षतामा ११ सदस्यीय, वडा नं. १६ मा सुरेश रामको अध्यक्षतामा १५ सदस्यीय, वडा नं. २० मा हदिश मियाको अध्यक्षतामा १३ सदस्यीय, वडा नं. ३२ मा वजिर अन्सारीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन भएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...