Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

वीरगंजको विभिन्न वडामा माओबादीको कमिटी गठन

वीरगंज । वीरगंज महानगरको विभिन्न वडामा नेकपा (माओबादी केन्द्र) को वडा कमिटी गठन भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १४,१६,२० र ३२ मा वडा कमिटी गठन भएको हो । वीरगंज महानगरपालिकाको वडा नं. १६ मा बुधबार भएको नेकपा (माओबादी केन्द्र)को वडा भेलाले सुरेश रामको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ ।

- Advertisement -

माओबादीका प्रदेश नं. २ का प्रदेश समिति सदस्य रामदरश कुशवाहा, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जिल्ला सदस्य सलाम अंसारी, प्रभु यादव, राजु बैठा, रुपनरायन सिंह, टुनटुन तिवारी लगायतको विशेष उपस्थितीमा वडा कमिटी गठन भएको अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज महमद जुबेर आलमले वताए ।

यस्तै, यस अघि वीरगंज महानगरपालिकाको वडा नं.१४ मा महेश पतेलको अध्यक्षतामा ११ सदस्यीय, वडा नं. १६ मा सुरेश रामको अध्यक्षतामा १५ सदस्यीय, वडा नं. २० मा हदिश मियाको अध्यक्षतामा १३ सदस्यीय, वडा नं. ३२ मा वजिर अन्सारीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन भएको उनले जानकारी दिए ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...