वीरगंज । प्रेस चौतारी नेपाल पर्साले बुधबार नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।

पत्रकार महासंघ पर्साको सभाहलमा भएको कार्यक्रममा चैत्र २५ गते सम्पन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका राष्ट्रिय सभाका संसदीय दलका नेता तथा प्रदेश नम्बर २ का प्रदेश सचिव सुमन प्याकुरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका थिए । नेता प्याकुरेलले पत्रकार समाजका अभिन्न अंङ भएकोले सत्य तथ्य समाचार लेखेर जनतालाई सुचना दिन आग्रह गरे । उनले वर्तमान राजनीतिक परिवर्तन घटना बारे आफुहरु चिन्तित भएको बताए ।
प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संविधान सभा सदस्य राजकुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसि लामिछाने, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, प्रेस चौतारीका सल्लाहकार महेश दास, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका अध्यक्ष राम नारायण कुर्मी ,वानका महासचिव आरसि यादव लगायतले ् शुभकामना मन्तब्य राखेका थिए ।


