Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

प्रेस चौतार्रीद्वारा पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरु सम्मानित

spot_img
spot_img

वीरगंज । प्रेस चौतारी नेपाल पर्साले बुधबार नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।

पत्रकार महासंघ पर्साको सभाहलमा भएको कार्यक्रममा चैत्र २५ गते सम्पन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका राष्ट्रिय सभाका संसदीय दलका नेता तथा प्रदेश नम्बर २ का प्रदेश सचिव सुमन प्याकुरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका थिए । नेता प्याकुरेलले पत्रकार समाजका अभिन्न अंङ भएकोले सत्य तथ्य समाचार लेखेर जनतालाई सुचना दिन आग्रह गरे । उनले वर्तमान राजनीतिक परिवर्तन घटना बारे आफुहरु चिन्तित भएको बताए ।

प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संविधान सभा सदस्य राजकुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसि लामिछाने, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, प्रेस चौतारीका सल्लाहकार महेश दास, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका अध्यक्ष राम नारायण कुर्मी ,वानका महासचिव आरसि यादव लगायतले ् शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...