Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

रेडक्रसद्वारा विपद् पुर्व बजार लेखाजोखा

वीरगंज ।  वपद पूर्व बजार लेखाजोखा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार रेडक्रस पर्सा जिल्ला शाखामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, सामुदायिक विकास विभाग, खानेपानी सरसफाइ तथा स्वच्छता प्रबद्र्घन महाशाखा र रेडक्रसको अन्तराष्ट्रिय महासघंकोे आर्थिक तथा प्राविधिक सहयोगमा आपतकालीन खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना अन्तर्गत क्षमता विकास गतिविधिहरु सन् २०१९ देखि २०२१ डिसेम्वर सम्मका लागि प्रदेश २ मा सञ्चालन भइरहेको छ ।

- Advertisement -

परियोजनाका गतिविधिहरु मध्ये विपद पूर्व बजार लेखाजोखा एक महत्वपूर्ण गतिविधि हो । लेखाजोखा कार्य मिति २०७७ साल चैत २० देखी २७ सम्म पर्सा, रौतहट, महोतरी, सम्तरीमा सन्चालन हुने रेडक्रस पर्साका सहायक राजन कुमार श्रीवास्तवले जानकारी गराए । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्व र रेडक्रस प्रदेश २ का अध्यक्ष फूलमहम्मद मियाँको प्रमुख आतिथ्यतामा विपद् पुर्व बजार लेखाजोखा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा भएको थियो ।

कार्यक्रममा विपद्को समयमा बजारमा हुने बाधाअवरोध तथा त्यसको कारणले सामाग्रीहरुको परिमाण र मुल्यमा हुनसक्ने उतारचढावको लेखाजोला वारेमा सम्बोधन गर्दै विपद्को समयमा सबै निकायले निश्पक्ष तरिकाले सहयोग गर्नु पर्ने वक्ताहरु जोड दिएका थिए ।

प्रकोप पूर्व बजार लेखाजोखा वारेमा रेडक्रस केन्द्रका उपनिर्देशक अमरमनी पौडेल र सुभेक्षा मानन्धरले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो । प्रकोप पूर्व बजार लेखाजोखामा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपसभापति मधुराण, भगवती चौधरी, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साविर अहम्मद एराज, उपकोषाध्यक्ष दयाशंकर सिह कार्यसमिति सदस्य मदन प्रसाद गुप्ता, जितेन्द्र वर्मा, दिनानाथ प्रसाद रौनियार, राजेश्वर प्रसाद चौरसिया, बबिता गुप्ता, ईन्फोरमेसन म्यान्जमेण्ट स्वमसेवक सौरभ दकाल, उमेश मिश्र, लक्ष्मीनारायण राउत लगायतको उपस्थिती रहेको भने रेडक्रसका लेखाअधिकृत विरसम्सेर प्रसाद कुर्मीले कार्यक्रमको संचालन गरेका थिए ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...