Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

वीउवा संघको नव निर्वाचित कार्य समितिको शपथ ग्रहण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोह शुक्रबार सम्पन्न भएको छ । वीउवा संघको ४५ औं वार्षिक साधारण सभाबाट सुबोध गुप्ताको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष अनिल पाटवारी, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोज दास, वाणिज्यतर्फ सचिव आशिष् लाठ, सहसचिव अनुज रूँगटा, उद्योगतर्फ सचिव अरविन्द आमात्य, सहसचिव सुशान्त चाचान, कोषाध्यक्ष गोविन्द शाह, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सदस्यहरू मुरली जालान, नीरज अग्रवाल, अवधेश सरावगी, नवनीत अग्रवाल, सुरेश रूँगटा, प्रभात रूँगटा, सौरभ केडिया, सुनील खेतान, मनोज शर्मा लगायतका रहेका छन् ।

- Advertisement -

वीउवा संघका निवर्तमान अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले शपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले यो मुलुकमा उद्योगी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण गलत रहेको आरोप लगाए ।

सरकारको नजरमा यहाँका व्यापारीहरु लुटेरा, डाकाहरु हुन् र यिनीहरुलाई कसरी निरुत्साहित गर्ने मानसिकताको कारण उद्योग व्यावसाय फस्टाउन नसकेको भन्दै यसमा अहिलेसम्म शासन सत्ता सञ्चालन गर्ने नेताहरु त्यति नै दोषी रहेको आरोप लगाए । उनले सबै मिलेपछि मात्रै मुलुक विकास र समृद्धिको बाटोमा जाने बताउदै राज्यले मात्रै उद्योग धन्दा सञ्चालन गरेर आफ्नो स्तरबाट विभिन्न किसिमका प्रोजेक्टहरु सञ्चालन गरेर मुलुक समृद्धतर्फ जाँदैन भन्दै मुख्यमन्त्री गद्दीले मुलुकको विकास गर्नुछ भने मुलुकको कानून लगानीमैत्री बन्नुपर्छ, मुलुकका शासक लगानीकर्ताप्रति सद्भाव र उनीहरुसँग नरम व्यवहार गर्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य प्रदीप यादवले देशलाई समृद्ध बनाउन वीरगंजलाई समृद्ध बनाउनुपर्ने वताए । उनले वीरगंज देशकै मुख्य नाका भएपनि वीरगंजको भौतिक पूर्वाधार गतिलो नभएको आरोप लगाए । उनले पारवहनको सबैभन्दा छोटो नाका भएर वीरगंजले जति फाइदा लिनुपर्ने हो, लिन नसकेको उनको जिकिर थियो ।

वीरगंज गण्डकस्थित कलर्स रिसोर्टमा भएको सपथ ग्रहण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, नेउवा महासङ्घका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेउवा महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठ, नेउवा महासङ्घका केन्द्रीय सदस्य अजयराज सुमार्गी, प्रदेश सांसद तथा वीउवासङ्घका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, नेका पर्साका सभापति अजय द्विवेदी, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, नेकपा माओबादी केन्द्रका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, उद्योगी अशोक टेमानी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...