Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

पर्साको जगरनाथपुरस्थित सिकटा नदीमा निर्माण हुने पुलको मुख्यमन्त्री राउतद्वारा शिलान्यास

वीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्साको जगरनाथपुर–मधुवाहा झकरा मसिहानी जोडन सिकटा नदी मधुवाहा खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश सरकारको रु ७ करोड ८५ लाखको लागतमा साढे ४२ मिटर लामो निर्माण हुने पक्की पुलको शुक्रबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।

- Advertisement -

जगरनाथपुर र मधुवाहा झकरा मसिहानी छिमेकी गाउँ भएपनि बिचमा रहेको सिकटा नदीको खोलाले सो क्षेत्रमा वर्षात लागयत विभिन्न समयमा जनताले वर्षाैदेखी खेप्दै आएको समयलाई मध्य नजर गर्दै सो ठाउँमा पक्की पुल निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रमपछि झखरा मसियानीस्थित विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भौतिक पूर्वाधारको विकाससंगै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारलाई पनि प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए । उनले पुल निर्माण पछि जनरनाथपुर र झखरा मसियानी लगायतका गाउँबासीको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री राउतले सामुदायिक विद्यालयमा साधारण यता पढाई लेखाईले रोजगारी खासे नहुने भन्दै त्यसको लागि प्राविधिक शिक्षामा यहाँका बालबालिकाको पहुँच सहज बनाउँदा मात्रै प्रदेशको समृद्धि र विकास चाडो हुने बताए । उनले प्रदेश सरकार प्राविधिक शिक्षाकै लागि प्रदेश सभामा विध्येक लगेको बताउँदै विध्येक पास हुँदै जेटिए, एग्रिकलचर, ओभरसियर, नर्स आदी जस्ता प्राविधिक शिक्षाको लागि प्रदेश सरकारले अनुमति दिनुको साथसाथै कक्षा संचालन गर्न बजेट पनि दिने भएकोले यहाँका बालबालिका प्राविधिक शिक्षासंगसंगै रोजगारी पनि सृजना भई प्रदेश समृद्ध हुने बताए । ‘‘यो देशमा प्रदेश नंं २ मात्रै महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था छ,’ उनले भने, ‘ यो एउटा मात्रै प्रदेश हो यहाँ जुन जाति जति छन्, त्यति संख्याको आधारमा जातिय आरक्षण गरिएको छ, ।’’ ्

उनले अबको १०-१२ सालभित्रमा देशको ठुल(ठुला पदमा समेत मधेशीका छोरा र छोरीले प्रतिनिधित्व गर्ने दाबी गर्दै छोरा र छोरीलाई समान शिक्षा र व्यवहार गर्न आग्रह गरे । प्रदेश सरकार कक्षा ११ मा पढ्ने केही छात्राहरुलाई ल्यापटप पनि वितरण गरिने तयारीमा रहेको मुख्यमन्त्री राउतले बताए ।  उनले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन, प्रदेश निजामति सेवा ऐन बनाईसकेको चाँडै नै कर्मचारी भर्ना हुने बताए ।

जगरनाथपुर गाउँ पालिकाका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेता हरिनाराण रौनियार, प्रदेश सांसद प्रहलाद गिरी, करिमा वेग्म, सिघासन साह, जसपा केन्द्रिय सदस्य बिरेन्द्र यादव, युवा नेता सरिफ गद्दी, जसपा निकट मुस्लिम फोरमका अध्यक्ष मोलाना नुरुल ओधा, जसपा पर्सा अधयक्ष रामनरेश यादव, जिल्ला सचिव तब्रेज अहमद, पर्सा क्षेत्र नं. ३ का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, जसपाबाट गाउँपालिका अध्यक्ष पदका प्रत्यासी क्रिसमोहन यादव, विद्यालयका पधानाध्याक, शिक्षक तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...