Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

सहकारी संस्थाको कार्यालय मन्त्री साहद्वारा उद्धघाटन

वीरगंज  । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पोखरिया नगरपालिका–८ जगतपुरको कार्यालय प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरेका छन् ।

- Advertisement -

संस्थाद्वारा आयोजित उदघाटन, होलि पर्व एवं सब्बे–बरात पर्वको शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख अतिथि समेत रहेका साहले देश विकासको लागि सहकारीको भूमिका जरुरी रहेको बताए ।

फहिम हवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा वेग्म, भिमा यादव, पारस साह, पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन, जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, जसपा नेता फिरोज मन्सुर, जनार्दन यादव, शिव पटेल, सलाउदिन अहमद, नागेन्द्र यादव, वडा अध्यक्ष किशोरी साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य राजु साह तेलिले राखेका थिए ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...