रोशन गुप्ता /
जीतपुर ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा–७ जीतपुर विशाल बजारमा युवा नेता मनोज कुमार साहद्वारा संचालित फ्रि कोचिङमा स्टेसनरी समाग्री बितरण गरिएको छ । कोचिङमा युवा नेता उमेश कुशवाहाले गरिब बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

कोचिङ्गमा अध्यनरत गरिब बालबालिकालाई शिक्षण कार्यमा कुनै अवरोध आउन नदिन बारा क्षेत्र नम्बर ४ ‘ख’ का युवा नेता उमेश कुशवाहाले बिधार्थीहरुलाई एक हजार प्रति कापी, पेन्सिल, कटार, इरेजर लगायतका स्टेसनरी समाग्री वितरण गरे ।
समाजको बिकास गर्न शिक्षाले महत्वपुर्ण भुमिका खेल्ने र निःशुल्क शिक्षाको ब्यवस्था मिलाएको उ नेता साहले कुशवाहालाई धन्याबाद समेत दिएका थिए । ् बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने उतरदायित्व राज्यको भएपनि राज्यले सबैतिर निःशुल्क शिक्षा प्रदान गर्न नसकेका ठाउँहरुमा मनोज कुमार साह जस्ता युवा समाजसेवीहरु अगाडि आउनु आफैमा एक उदाहरणीय कार्य रहेको प्रमुख अतिथि उमेश कुशवाहाले बताए ।
स्टेशनरी वितरण कार्यक्रममा जनजागरण माध्वर्ती समुदायिक बन समितिका अध्यक्ष तारा बहादुर कार्की, नेपाल फोरम लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह, नेकपाका युवा नेता सतोष साह, समाजसेवी गभिरा सहनी लगायतको उपस्थिति रहेको थियो ।


