Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

जितपुरमा बालबालीकाहरुलाई स्टेसनरी वितरण

spot_img
spot_img

रोशन गुप्ता /
जीतपुर ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा–७ जीतपुर विशाल बजारमा युवा नेता मनोज कुमार साहद्वारा संचालित फ्रि कोचिङमा स्टेसनरी समाग्री बितरण गरिएको छ । कोचिङमा युवा नेता उमेश कुशवाहाले गरिब बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

कोचिङ्गमा अध्यनरत गरिब बालबालिकालाई शिक्षण कार्यमा कुनै अवरोध आउन नदिन बारा क्षेत्र नम्बर ४ ‘ख’ का युवा नेता उमेश कुशवाहाले बिधार्थीहरुलाई एक हजार प्रति कापी, पेन्सिल, कटार, इरेजर लगायतका स्टेसनरी समाग्री वितरण गरे ।

समाजको बिकास गर्न शिक्षाले महत्वपुर्ण भुमिका खेल्ने र निःशुल्क शिक्षाको ब्यवस्था मिलाएको उ नेता साहले कुशवाहालाई धन्याबाद समेत दिएका थिए । ् बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने उतरदायित्व राज्यको भएपनि राज्यले सबैतिर निःशुल्क शिक्षा प्रदान गर्न नसकेका ठाउँहरुमा मनोज कुमार साह जस्ता युवा समाजसेवीहरु अगाडि आउनु आफैमा एक उदाहरणीय कार्य रहेको प्रमुख अतिथि उमेश कुशवाहाले बताए ।

स्टेशनरी वितरण कार्यक्रममा जनजागरण माध्वर्ती समुदायिक बन समितिका अध्यक्ष तारा बहादुर कार्की, नेपाल फोरम लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह, नेकपाका युवा नेता सतोष साह, समाजसेवी गभिरा सहनी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...