वीरगंज । ् भारतीय महावाणिज्य दूतावास वीरगंजले शुक्रबार बिहन एक स्वतन्त्रता दौड संगै ‘आजÞादीका अमृत महोत्सव (क्ष्लमष्ब२ठछ)’ को उत्सव शुरु गरेको छ ।

उक्त कार्यक्रमलाई भारतीय महावाणिज्य दूतावास वीरगंजका वाणिज्यदूत नितेश कुमार र पर्साको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रूपमा झण्डा देखाई महोत्सवको शुभारम्भ गरेका थिए । उक्त दौड कार्यक्रममा नागरिक समाजका सदस्य, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, डाक्टर र एनजीओका सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका सबै सदस्यहरूले पनि उक्त कार्यक्रममा भाग लिएका थिए । ४ किलोमिटरको संक्षिप्त दौडको आयोजना गरिएको थियो । सो दौड भारतीय महावाणिज्य दूतावासको गेटबाट सुरू भाइ ,घन्टघर र पावरहाउस चौक पुगि फेरि भारतीय महावाणिज्य दूतावास वीरगंजको गेटसम्म भएको थियोे ।


