Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमण भित्रिन नदिन विभिन्न निर्णय

spot_img
spot_img

वीरगंज  । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठक मंगलबार सम्पन्न भएको छ । पर्साका प्रमुख जिल्ल अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमण भित्रिन नदिन तथा कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले ईनार्वा नाका लगायत पर्सा जिल्लाको विभिन्न नाकाबाट अनाधिकृत आवत जावत नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट आवश्यकीय सुरक्षा प्रबन्ध मिलाउने, सिमानाकामा संचालित हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मीद्वारा यात्रुहरुको तापक्रम मापन गर्ने, ज्वरो आएका यात्रुहरुको मलेरियाको आईडिती तथा सम्भव भएसम्म कोभिड–१९ को एन्टिजेन टेस्टको व्यवस्था नारायायणी अस्पतालबाट गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठक सिमानाकामा तापक्रम मापन गर्नको लागि आवश्यक पर्ने थर्मलगन खरिद गर्ने, सिमानाकामा हेल्थ डेस्कको तुरुन्त स्थापना गर्न जग्गाको व्यवस्थापन गर्ने, सिमानाकाबाट नेपाल भित्रिने यात्रुहरुको हकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकोका वेबसाईटमा रहेको फारम भरी वार कोर्ड प्रिन्ट गरे÷नगरेको चेकजाँच गर्ने र फारम भर्न नसकेको यात्रुका हकमा नाका स्वास्थ्य परिक्षण गर्दाको अवस्थामा अनलाइन फारम भर्न लगाउने यदि अनलाइन फारम भर्न नसकिने अवस्थामा निजहरुको ट्रेभल हिस्टोरीसहितको अभिलेख राख्ने, संक्रमणको लक्ष्ण देखिएको यात्रुहरुलाई आईसोलेशन सेन्टर वा अस्पतालमा पठाउने व्यवस्था गर्ने र अन्य यात्रुलाई १० दिनसम्म होम क्वारेन्टिनमा बस्ने बसाउने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसका साथै बैठकले सबै निकायहरुले जनस्वास्थ्यका मापदण्डको कडाई साथ पालना गराउन, कुनै पनि सभा, जुलुश, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैडक एवम् भिडभाड हुने कार्यहरु गर्न निरुत्साहित गर्ने, सबै स्थानीय तहले कोभिड–१९ को संक्रमण थप फैलिन नदिन विधुतिय माध्यमबाट चेतनामुलक सन्देश प्रसारण गर्ने÷गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले कोभिड संक्रमण बढ्दै गएकोले सबैले आवश्यक सतर्कता अपनाउनु पर्ने हुँदा होली पर्व पनि सतर्कतापूर्वक मनाउने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढि सामूहिक भेला÷जम्मा हुन निषेध गर्ने, पानी नछेप्ने, लोला नहाल्ने र कसैमाथि जबरजस्ती रङ्ग नहाल्ने लगायतको निर्णय गरेको छ ।

बैठकले नारायणी अस्पताल, पोखरीया अस्पताल, बग्ही प्राथमिक स्वास्थ्य केन्द्र, बागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र र भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रुपमा व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सास्थित कर्मचारी मिलन केन्द्रको भवनमा बसेको बैठकमा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, जिल्ला समन्वय समिति, पर्साका प्रमुख नेक महम्मद अंसारी, नारायाणी अस्पताल वीरगंजका मेसु संजय कुमार ठाकुर, चण्डी प्रसाद गण पर्साका प्रमुख सेनानी मदनजंग राणा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका प्रमुख टिका प्रसाद पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय पर्साका वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...