Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जेंवना भोजपुरीया सनेसा पर्साद्वारा साहित्यिक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । होली तथा विश्व कविता दिवसको अवसरमा शनिबार वीरगंजमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । जेंवना भोजपुरीया सनेसा वीरगंज, पर्साको आयोजनामा वीरगंजस्थित होटेल कुमु पैलेसमा भएकाे कर्यक्रमका सहभागिहरुले कविता, गीत, गजल वाचन गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले भोजपुरी भाषाको लागि वीरगंज महानगरपालिका सधैं तत्पर रहने बताए । वीरगंजमा भोजपुरी साहित्य प्रतिष्ठानको गठन भईसकेको र यसको घर बनाउन डिपी आर समेत तयार भईसकेको उनले बताए ।

उनले अबको शैक्षिक सत्र सुरु हनुभन्दा अगाडि कक्षा १ देखि ५ सम्म भोजपुरी किताब समेत लागू गर्ने प्रतिबद्धता जनाए । उनले भने “आफ्नो मातृभाषा भोजपुरी नभएपनि अहिले राम्ररी भोजपुरी बोली रहेको छु, मलाई हिन्दी, मारवाडी, नेपाली, अंग्रेजी, अवधि र मैथिली भाषा समेत बोल्न कुनै कठिनाइ हुदैन ।”

उनले सबैको संरक्षण नीति, नियम बनाएर गर्नुपर्नेमा जोड दिदै यसमा सबैको सहभागिता हुन जरुरी रहेको बताए ।

संस्थाका वरिष्ठ सल्लाहकार एवम् हास्य व्यांगत्म कवि अशोक कुशवाहाको अध्यक्षतामा एवम् वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् वरिष्ठ साहित्यकार उमाशंकर द्विवेदी “दधिचि“, वीरगंज महानगरपालीका शिक्षा शाखाका प्रमुख अरबिन्दलाल कर्ण, नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार रामप्रसाद साह, बाराका वरिष्ठ साहित्यकार बिक्रम साह, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा माओवादी केन्द्रका प्रभु यादव, युवा नेता ओमप्रकाश सरार्फ, मानव सेवा आश्रम प्रदेश दुईका देवेश गुप्ता, भोलेन्टियर समुह वीरगंजका राजन श्रीवास्तव लगायतकाे उपस्थिति रहेको थियो ।

भोजपुरी विश्वकै अधिकाँश देशमा बोलिने भएकाले यसको संरक्षणका निम्ति सबै लाग्नुपर्ने बेला भएको कार्यक्रममा सहभागि साहित्यकारहरुले बताए ।

जेंवना भोजपुरीया सनेसाका संरक्षक एवम् यूवा कवि राकेश यादव “मितवा“ले गाउनु भएको भोजपुरी गीत “सब केहु के सुन्दर पतोहिया चाहिँ, बेटी केहु के परहेज होए नाहि” गीतले सभा हल गुञ्जमान भएका थिए ।

कार्यक्रममा ४० जना भन्दा बढी स्रष्टाहरुले आफ्ना लेख, रचना, कविता प्रस्तुत गरेका थिए । 

कवियत्री अनिता शाहले गाएकीे गजलले सबैलाई मनमुग्ध बनाएका थिए । श्याम प्रसाद गुप्ता, सिपु तिवारी, ज्ञानेन्द्र यादव, महम्मद अंसारी, शिल्पी मिश्रा, ममता यादव, सरिता यादव लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए भने प्राविधिक सहयोग कमलेश कुश्वाहा, किशन सरार्फ, दिपु दिपेन्द्र सहनी र सुदिप चाैरसियाले गरेका थिए । कार्यक्रमकाे सञ्चालन सञ्चालिका प्रिया मिश्राले गरेकी थिईन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...