Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

किन ४० वर्ष कटेपछि विवाहेत्तर सम्बन्ध राख्न चाहान्छन् महिला ?

spot_img
spot_img

भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो ।

जसमा विश्वास र माया भरिएको हुन्छ । तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । विवाहेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु आक्रान्त भएका छन् । वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ ।

विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर सम्बन्धमा रहन्छन् । अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।
पतिको स्वभावमा आएको परिवर्तन

विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ । श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला दोसु्रो पुरुषसँग आर्कषित हुन्छन् ।

सानो उमेरमा विवाह

सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ ।
जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् ।

पुरुषप्रतिको आर्कषण

महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् ।

यौन असन्तुष्टी

४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ ।

बच्चा जन्मिएपछि

विवाहपछि आउने अनेक समस्या र परिवर्तन पछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् ।

घरायसी समस्या

यदि घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु अक्सर बाहिर सम्बन्धको विकल्प रोज्छन् ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...