Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

ट्विकंल खन्नाको प्रेममा थिए करण जौहर

spot_img
spot_img

बलिउडका कुशल निर्देशक करण जौहर र अभिनेत्री ट्विकंल खन्ना एउटा विज्ञापनमा देखिएका छन् । यी दुईको सानदार जोडीलाई धेरैले मन पराएका छन् । ट्विकंल र करण एक अर्कालाई बच्चाबेलादेखि नै चिन्थे ।

उनीहरु बालापनदेखि नै नजिकको साथी भएको करणले एक अन्तरवार्तामा बताएका थिए । विद्यालयमा पढ्दादेखि नै करणले ट्विकंललाई मन पराउँथे । उनले एक अन्तरवार्तामा खन्नासँग विद्यालय पढ्दा नै प्रेम रहेको खुलासा गरेका हुन् । उनले आफू विवाहित भएको भए ट्विकंलसँग नै विवाह गर्ने पनि बताएका थिए ।

यता, खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन् । उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन् ।

करणले ’कुछ कुछ होता है’ बाट निर्देशनको काम सुरु गरेका हुन् । उनले डेब्यु गरेको फिल्ममा खन्नालाई खेलाउन चाहान्थे तर उनले अस्वीकार गरिन् । तर उक्त फिल्मबाट रानी भने सुपरहिट भइन् । एजेन्सी

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...