Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

ट्विकंल खन्नाको प्रेममा थिए करण जौहर

spot_img
spot_img

बलिउडका कुशल निर्देशक करण जौहर र अभिनेत्री ट्विकंल खन्ना एउटा विज्ञापनमा देखिएका छन् । यी दुईको सानदार जोडीलाई धेरैले मन पराएका छन् । ट्विकंल र करण एक अर्कालाई बच्चाबेलादेखि नै चिन्थे ।

उनीहरु बालापनदेखि नै नजिकको साथी भएको करणले एक अन्तरवार्तामा बताएका थिए । विद्यालयमा पढ्दादेखि नै करणले ट्विकंललाई मन पराउँथे । उनले एक अन्तरवार्तामा खन्नासँग विद्यालय पढ्दा नै प्रेम रहेको खुलासा गरेका हुन् । उनले आफू विवाहित भएको भए ट्विकंलसँग नै विवाह गर्ने पनि बताएका थिए ।

यता, खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन् । उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन् ।

करणले ’कुछ कुछ होता है’ बाट निर्देशनको काम सुरु गरेका हुन् । उनले डेब्यु गरेको फिल्ममा खन्नालाई खेलाउन चाहान्थे तर उनले अस्वीकार गरिन् । तर उक्त फिल्मबाट रानी भने सुपरहिट भइन् । एजेन्सी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...