Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

नागरिकता कीर्ते गर्ने एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले दुई वटा नागरिकता कीर्ते गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ३ बस्ने २० वर्षीय सुजित थापा मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार साँझ करिब ४ बजेको समयमा पर्सागढी वडा नं. ३ स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाएको पाइन्टमा अगाडिको दाहिने खल्तीमा दुई थान नागरिकता भेटाएको थियो । मगरलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार निजको शरीर रीतपूर्वक खानतलासी गर्दा उनको खल्तीमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नंं. ३ बस्ने खुम बहादुर थापाको छोरा सन्त बहादुर थापाको नाउँको जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५ पुस ४ गतेमा जारी भएको (ना.प्र.नं.३४–०१–७५–१४२७४) को सक्कल नेपाली नागरिकता प्रमाणपत्र १ थान तथा सोही विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रथम प्रतिलिपि १ थान फेला पारिएको छ ।

उनको साथबाट फेला परेको दुई थान नागरिकतामध्ये प्रतिलिपि नागरिकतामा निज सुजित थापा मगरले आफ्नो फोटो टाँसी कीर्ते कार्य गरेको देखिएकोले मगरलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...