Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

नागरिकता कीर्ते गर्ने एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले दुई वटा नागरिकता कीर्ते गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ३ बस्ने २० वर्षीय सुजित थापा मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार साँझ करिब ४ बजेको समयमा पर्सागढी वडा नं. ३ स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाएको पाइन्टमा अगाडिको दाहिने खल्तीमा दुई थान नागरिकता भेटाएको थियो । मगरलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार निजको शरीर रीतपूर्वक खानतलासी गर्दा उनको खल्तीमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नंं. ३ बस्ने खुम बहादुर थापाको छोरा सन्त बहादुर थापाको नाउँको जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५ पुस ४ गतेमा जारी भएको (ना.प्र.नं.३४–०१–७५–१४२७४) को सक्कल नेपाली नागरिकता प्रमाणपत्र १ थान तथा सोही विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रथम प्रतिलिपि १ थान फेला पारिएको छ ।

उनको साथबाट फेला परेको दुई थान नागरिकतामध्ये प्रतिलिपि नागरिकतामा निज सुजित थापा मगरले आफ्नो फोटो टाँसी कीर्ते कार्य गरेको देखिएकोले मगरलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...