Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

ट्रकको ब्याट्री चोरी गर्ने र खरिद गर्ने दुबै पक्राउ

spot_img
spot_img

वीरगंज । पार्किङ गरेर राखिएका मालवाहक सवारीसाधनको ब्याट्री चोरी गरेर खरिद विर्की गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि वीरगञ्जको विभिन्न स्थानमा पार्किङ गरेर राखिएका मालवाहक सवारीसाधनबाट ब्याट्री चोरेर विक्री गर्दै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीका ३० वर्षीय निरज सिंहलाई प्रहरीले पक्राउ गरेपछि गिरोहमा संलग्न अन्य व्यक्तिपनि पक्राउ परेका हुन् ।

पर्सा प्रहरीले सिंहलाई मंगलबार वडा नम्बर १५ को प्रतिमा चौकबाट चोरीको ब्याट्रीसहित पक्राउ गरेको थियो । प्रतिमा चोकस्थित ४० फिटे रोडमा पार्किङ गरेर राखिएको ना ३ ख ९३५७ नम्बरको ट्रकबाट ब्याट्री चोरेर ना. २ ह ५९०७ नम्बरको अटोमा लोड गरेर विक्री गर्न लागिरहेका सिंहलाई प्रहरीले रङ्गे हात पक्राउ गरेक थियो ।

पक्राउ परेका सिंहलाई हिरासतमा राखेर सोधपुछ गर्दा उनले चोरी गरेको सम्पूर्ण ब्याट्री वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानिट्याङ्की निवासी ४९ वर्षीय मनिष कुमार रौनियारलाई विक्री गर्दै आएको बयान दिएका थिए । सिंहले दिएको बयानको आधारमा प्रहरीले रौनियारको घरमा खानतलासी गर्दा उनको घरबाट १२ वोल्टको २४ थान ब्याट्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चोरीलाई प्रोत्साहन गरेको आरोपमा प्रहरीले रौनियारलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका सिंह र रौनियारलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए । ब्याट्री खरिद विक्री गिरोहमा अन्यको समेत संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...