Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

भ्रष्टाचार र घुसखोरी बढ्यो : प्रदेश सांसद साह

spot_img
spot_img

वीरगंज । प्रदेश सभा सदस्य राजेशव साहले नेकपाको सरकारमा भ्रष्टाचार र घुसखोरी बढेको बताएका छन् । उनले बिना घुसको कुनै काम नहुने गरेको बताउँदै एउटा शिक्षक नियुक्ती र सरुवामा पनि खुल्याम रकमको चलखेल भईरहेको आरोप लगाएका हुन् ।

वीरगंज महानगरपालिका वडा नं. २८ बगहीस्थित आईतबार आयोजित नेपाली कांग्रेसको बृहत आमसभा एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रदेश सांसद साहले शिक्षा समन्वय समिति, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति लगायत सबैले घूस खाईरहेको आरोप लगाए । उनले मुलुकलाई भ्रष्टाचार र घूसखोरीबाट जोगाउन पनि अब नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने दाबी गरे ।

मधेशीको नाममा मत लिएर प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपाले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाए । प्रदेश २ कृषिमा आधारित प्रदेश भए पनि कृषकप्रति प्रदेश सरकारको ध्यान नगई कमिश्न आउने ठेक्कामा मात्रै लागेको बताए ।

उनले मुलुकलाई भ्रष्टाचारबाट जोगाउन र लोकतन्त्र बचाउनको लागि नेपाली कांग्रेसको विकल्प नरहेको जिकिर गरे । उनले अब चुनावमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने दाबी गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...