Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

‘जनता छ खन्तामा, सरकार छ चभन्तामा’ : नेता चौधरी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले नेकपा नेतालाई सोनाईल कटियाको संज्ञा दिदै कम्युनिष्ट सरकारले देशमा लुट तन्त्र मचाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना साध्दै गाईलाई पराल दिए दूध दिने तर शर्पलाई दूध खुवाए विष नै दिने भन्दै नेकपा मुलुकको लागि विष भएको आरोप लगाए ।

वीरगंज महानगरपालिका वडा नं. २८ बगहीस्थित आईतबार आयोजित नेपाली कांग्रेसको बृहत आमसभा एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूूर्व मन्त्री समेत रहेका चौधरीले भने, ‘‘जनता छ खन्तामा, सरकार छ चभन्तामा । कुर्सीमा दुशासन भए कसरी देशमा शुशासन हुन्छ ।’’

देशबाट जमिनदारी, काठमान्डौं जाने राहदानी व्यवस्थालाई कांग्रेसले नै खतम पारेको बताउँदै उनले लोक सेवा आयोगमा पनि मधेशी कोटाको सिट कांग्रेसले नै बढाएको दाबी गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...