Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

‘जनता छ खन्तामा, सरकार छ चभन्तामा’ : नेता चौधरी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले नेकपा नेतालाई सोनाईल कटियाको संज्ञा दिदै कम्युनिष्ट सरकारले देशमा लुट तन्त्र मचाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना साध्दै गाईलाई पराल दिए दूध दिने तर शर्पलाई दूध खुवाए विष नै दिने भन्दै नेकपा मुलुकको लागि विष भएको आरोप लगाए ।

वीरगंज महानगरपालिका वडा नं. २८ बगहीस्थित आईतबार आयोजित नेपाली कांग्रेसको बृहत आमसभा एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूूर्व मन्त्री समेत रहेका चौधरीले भने, ‘‘जनता छ खन्तामा, सरकार छ चभन्तामा । कुर्सीमा दुशासन भए कसरी देशमा शुशासन हुन्छ ।’’

देशबाट जमिनदारी, काठमान्डौं जाने राहदानी व्यवस्थालाई कांग्रेसले नै खतम पारेको बताउँदै उनले लोक सेवा आयोगमा पनि मधेशी कोटाको सिट कांग्रेसले नै बढाएको दाबी गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...