Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

राष्ट्रिय प्रारम्भीक कक्षा पढाईको विद्यालयमा अनुगमन

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका २ वटा बिद्यालयमा आइतबार जिल्ला स्तरिय अनुगमन समितीले अनुगमन गरेको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गतका जिल्ला स्तरिय अनुगमन समितीले श्री नेपाल राष्ट्रिय आधारभुत सिसियाडी बैरिया र श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय डोकैला बहुअरीमा अनुगमन गरेको हो ।

कोरोना संक्रमण पश्चात शुरु भएको बिद्यालयहरुमा यो पहिलो अनुगमन भएतापनि शिक्षक, प्रधानाध्यापकहरुले क्रियाशिलता देखाई पढाईलाई स्तरिय बनाउन पहल गर्नु भएको अनुगमन समितीले जनाएको छ । अनुगमनको क्रममा कक्षा कोठाको अभाव, शिक्षकहरुको तालिमको अभाव रहेको पाईएको वताइएको छ ।् बिद्यालयमा बिधार्थिहरुको चाप अनुसार कक्षा कोठा ब्यवस्थापन भयो भने अझ बिद्यार्थीहिरुको पढाई स्तरिय हुने समितीको ठहर छ ।

कक्षाकोठाको सरसफाईको साथै बिद्यार्थीहरुको सरसफाईमा पनि ध्यान दिनु पर्ने अनुगमन समितीले सल्लाह दिइएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख तथा अनुगमन समितीका संयोजक फतबहादुर श्रेष्ठले बताए । अनुगमन समितीका अनुसार पटक पटक अनुगमन गरियो भने अझ कार्यक्रमले प्रभावकारिता पाउने ठहर रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...