वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिहिबार विश्व क्यान्सर दिवस मनाईएको छ । क्यान्सर रोग रोकथाम तथा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरि क्यान्सर दिवस मनाईको गाउँपालिका संयोजक राजेश रौनियारले जानकारी दिए ।

गाउँपालिका कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले क्यान्सर रोग न्युनिकरणको लागि हरेक प्रयास गरिने बताए । उनले क्यानसरबाट बच्नको लागि पानीको जाँच गर्नुको साथै गुट्खा, चुरोट, भिडी लगायतको सेवनमा प्रतिबन्ध लगाउन जरुरी रहेको धारणा राखे ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थय चौकी प्रमुखहरु, विभिन्न समाजिक संघ÷संस्थाका प्रतिनिधीहरुको उपस्तिथि रहेको थियो ।


